Advertisement
Advertisement
Advertisement
Advertisement

सुत्केरी हुन अब पुरुषको निर्णय कुर्नुनपर्ने, बरु श्रीमान्सँगै अनिवार्य हुनुपर्ने

  |      17:55:00   |  
वेब तस्विर
वेब तस्विर

►विष्णु नेपाल
माघ 
९, काठमाडौं । शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ ।
 
स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन् । उनीको साथमा आमा, सासु, दिदीबहिनी अन्य महिला नै हुने गर्दछन् । सुत्केरी हुने अवस्थामा श्रीमान् अनिवार्य हुनुपर्ने प्रावधान विकसित देशमा रहेको बताइन्छ । कतिपय देशमा श्रीमान्को अनुमतिविना चिकित्सकले गर्भवती जाँचसमेत गर्दैनन् । श्रीमान्लाई साथमा राखेर सेवा दिन्छन्। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले गर्भवतीले आफूले चाहेको विधिमा सुत्केरी हुन पाउने र विशेषगरी सुत्केरी हुन लागेको अवस्थामा श्रीमान् अथवा घरपरिवार अनिवार्य साथमा रहनुपर्ने अभ्यासलाई प्रयोगमा ल्याउने तयारी थाल्दै छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले ती अभ्यासलाई पहिलोपटक व्यवहारमा ल्याएको थियो । प्रसूति तथा स्त्रीरोगसम्बन्धी केन्द्रीय अस्पताल परोपकार प्रसूतिगृह थापाथलीले सो अभ्यासलाई हालसम्म व्यवहारमा ल्याउन सकेको छैन । सुत्केरी हुन लागेको अवस्थामा रहेकी महिलाका साथमा स्वास्थ्यकर्मी मात्र रहन्छन । पुरुषलाई निषेध छ । परिवारका आफन्तले सुत्केरीलाई मुस्किलले भेट्न पाउँछन्। 

प्रतिष्ठानका नर्सिङ डीन सरस्वती गौतमले प्राकृतिकरूपमा सहज सुत्केरी गराउन जुम्ला अस्पतालले छुट्टै बर्थिङ सेन्टर (सुत्केरी केन्द्र) स्थापना गर्न लागेको जानकारी दिनुभयो । ‘चिकित्सकले जटिल भनेर सिफारिश गरेका बाहेक’ अन्य गर्भवतीलाई प्राकृतिकरूपमा सुत्केरी गराउन मिडवाइफले सेवा दिने उहाँले जानकारी दिनुभयो । अस्पतालमा पछिल्लो समय शल्यक्रियामार्फत सुत्केरी गराउन निरुत्साहित हुँदै आएको छ ।
 
“नर्मल विधिबाट डेलिभरी हुन पाउनु महिलाको अधिकार हो, शल्यक्रिया त जटिल अवस्थामा दोस्रो विकल्प हो । पहिलो विकल्प हुँदाहुँदै दोस्रोको प्रयोगलाई न्यूनीकरण गर्ने हाम्रो ध्येय हो”, उहाँले भन्नुभयो, “सुत्केरी हुने अवस्थामा श्रीमान् अथवा घरपरिवार नजिक हुँदा आत्मबल उच्च हुन्छ । शिशु निकाल्न शक्ति उत्पन्न हुन्छ । यसैले सुत्केरी हुँदा नजिक परिवारको अनिवार्य खोजी गरिएको हो।”

सुत्केरी गराउन, आमा र नवजात शिशुको स्याहार तथा परिवार नियोजनका सेवा प्रदान गर्न मिडवाइफलाई उत्कृष्ट मानिन्छ । पछिल्लो समय प्राकृतिकभन्दा शल्यक्रियामार्फत सुत्केरी गराउने सङ्ख्यामा वृद्धि भइराखेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नवजात शिशु, शिशु, पाँच वर्षमुनिका बालमृत्युदर तथा मातृमृत्युदर घटाउन मिडवाइफ जनशक्ति उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ ।
 
हाल चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)बाट पहिलो समूहमा नौ मिडवाइफ जनशक्ति उत्पादन भएका छन् । काठमाडौँ विश्वविद्यालयले सो विषयमा अध्यापन शुरुआत गराएको छ । यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)ले ती दुई निकायलाई प्राविधिक सहयोग गरेको जनाइएको छ । अगामी वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ती विषयमा अध्यापन गराउने तयारी गर्दैछन् ।
 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्ला अस्पताल, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने मिडवाइफ जनशक्ति उत्पादन गर्न गत वर्षदेखि मिडवाइफमा तीनवर्षे स्नातक कार्यक्रम सञ्चालन ल्याएको थियो । हाल गत वर्षका छ र यस वर्षका १० जनाले सो विषय अध्ययन गरिराखेका छन् । “ज्ञान, सीप र व्यवहार तीनै पक्षबाट विद्यार्थीलाई उत्कृष्ट बनाउन प्रतिष्ठानले उच्च ध्यान दिएको छ । हाम्रा जनशक्ति विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने हुन्छन् । पाठ्यक्रम स्थानीय होइन, अन्तरराष्ट्रियस्तरको हो”, प्रतिष्ठानकी नर्सिङ डीन भट्टराईले भन्नुभयो । 

सो विषयमा स्नातक तह अध्ययन गरिराखेका विद्यार्थीको ज्ञान, सीप र व्यवहार मापन गर्न प्रतिष्ठानले ‘दक्षता मापन विधि’ को मस्यौदा तयार पारेको छ । बुधबार सम्पन्न तीनदिने विशेषज्ञ बैठकले नेपाल नर्सिङ काउन्सिलले कार्यान्वयनमा ल्याएको मिडवाइफ पाठ्यक्रम निर्देशिका र मिडवाइफको अन्तरराष्ट्रिय महासङ्घले निर्धारण गरेका ३१८ बुँदाका आधारमा विधि तयार पारेको प्रतिष्ठानका नर्सिङ प्रमुख निर्मलाकुमारी पहाडीले जानकारी दिनुभयो । अब सैद्धान्तिक ज्ञानबाट प्राप्त अङ्क र मापन विधिका आधारमा विद्यार्थीको मूल्याङ्कन हुने छ । 

नर्सिङभन्दा मिडवाइफ्रि केयर उत्कृष्ट
 
बिरामीसँगको भेटमा शिर निहु¥याएर नमस्कार गर्नुपर्ने, हँसिलो अनुहारमा मुस्कुराउँदै प्रस्तुत हुनुपर्ने, आफ्नो परिचय दिनुपर्ने, शिष्ट र मर्यादित भाषामा बोल्नुपर्ने, बिरामीको गोपनियतालाई विशेष ध्यान दिनुपर्ने, सुत्केरी गराउँदाका चिकित्सकीय हरेक चरणलाई अनुशरण गर्नुपर्नेलगायतका ज्ञान, सीप र व्यवहारलाई समावेश गर्ने बुँदा मापनमा समावेश गरिएका छन् ।
 
जुम्ला अस्पतालमा गत वर्ष करीब ७०० सुत्केरी भएका थिए । तीमध्ये न्यून मात्रमा शल्यक्रिया भएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिनुभयो । एक जना आमा तथा जवजात शिशुले अकालमा मृत्युवरण गर्नुपरेको थिएन ।

मिडवाइफ अध्ययनत एक विद्यार्थीले कम्तीमा एक सयभन्दा बढी गर्भवतीको जाँच, ५० को प्राकृतिक (नर्मल) सुत्केरी, सुत्केरी गराउँदा सकेसम्म चिकित्सकीय उपकरण प्रयोग गर्न नहुने, दशको जटिल शल्यक्रिया, कम्तीमा ५० गर्भवतीको पाठेघरको मुखको जाँच अनिवार्य गर्नुपर्ने प्रावधानलाई प्रतिष्ठानले लागू गरेको छ । नर्सिङ काउन्सिलको मिडवाइफ पाठ्यक्रमको निर्देशिकामा सोही प्रावधान रहेको अध्यक्ष गोमा निरौलाले जानकारी दिनभयो । आमा र बच्चाको सुरक्षा गर्न मिडवाइफ जनशक्ति अति आवश्यक मानिन्छ । उहाँले भन्नुभयो, “गर्भवती आमा, सुत्केरी गराउन तथा नवजात शिशुका लागि नर्सिङ केयरभन्दा मिडवाइफ केयर महत्वपूर्ण हुन्छन् । मिडवाइफले सकेसम्म नर्मल डेलिभरीमा जोड दिन्छन् । परिवार योजनामा दक्षता बढी हुन्छ ।”

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ विभागका प्रमुख सरला केसी नवजात शिशु मृत्यु, बालमृत्यु तथा मातृमृत्युदर घटाउने विभिन्न विधिमध्ये दक्ष सुत्केरी सेवा रहेको र मिडवाइफले प्रदान गर्ने सेवा विशिष्टकृत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जुम्लामा स्नातक तहको मिडवाइफ अध्ययनले प्रजनन स्वास्थ्यमा सुधार ल्याउने छ । प्रतिष्ठानले तयार गरेको मापदण्डलाई पाटनले अगामी दिनमा अनुशरण गर्ने छ ।”
 
प्राकृतिकरूपमा हुने सुत्केरीले आमा र नवजात शिशुको स्वास्थ्यलाई फाइदा हुन्छ । दक्ष स्वास्थ्यकर्मीको अभावमा कर्णालीका आमाले अकालमा मृत्युवरण गर्न नपरोस् भनेर जनशक्ति उत्पादन गर्न प्रतिष्ठानले मिडवाइफको अध्यययन अध्यापन शुरुआत गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज बाग्ले बताउनुभयो । उहाँले भन्नुभयो, “एमबीबीएस र एमडीजिपी तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानले शैक्षिक जनशक्ति, पूर्वाधार र उपकरणका तयारी पूरा गरेको छ । सरकारको अनुमतिको पर्खाइमा छौँ ।”
 
कर्णाली प्रदेशका १० जिल्लामा गत वर्ष १७ लाख ४३ हजार जनसङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयले प्रक्षेपण गरेको थियो । प्रदेशमाा
रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement