Advertisement
Advertisement
Advertisement
Advertisement

सानो ऋणबाट ठूलो सपना : पाकिस्तानमा व्यवसाय विस्तार गर्दै महिला

  |      12:06:00   |  
सानो ऋणबाट ठूलो सपना : पाकिस्तानमा व्यवसाय विस्तार गर्दै महिला

असोज १, काठमाडौं । पाकिस्तानमा महिलाहरूले साना ऋण अर्थात् माइक्रोफाइनान्सको सहारा लिएर आफ्नै व्यवसाय सुरु गर्ने र विस्तार गर्ने क्रम बढेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०२४र२५ मा माइक्रोफाइनान्सबाट ऋण लिने महिलाको संख्या ४७ प्रतिशतले बढेर २७ लाख पुगेको छ।

श्रीमान्को निधनपछि उनले एउटा कुर्सीबाट ब्युटी पार्लर व्यवसाय सुरु गरेकी थिइन्। सुरुमा ३० हजार पाकिस्तानी रुपैयाँ ऋण लिएकी उनले अहिले व्यवसायका लागि २ लाख रुपैयाँसम्म ऋण लिइरहेकी छन्।

त्यस्तै, कराँचीकी फिर्दोस जेहरा पनि सानो ऋणको माध्यमबाट घरमै सीमित सिलाइको कामलाई विस्तार गर्न सफल भएकी छन्। ऋण लिएर सिलाइ मेसिन थपेपछि उनको कार्यशालामा चारदेखि पाँच जनाले काम गर्न थालेका छन्। उनले घरमै रहेका अन्य महिलालाई समेत सिलाइको काम उपलब्ध गराउँदै आएको बताएकी छन्।

अरब न्युजका अनुसार नोभेम्बर २०२४ देखि अक्टोबर २०२५ सम्म महिला उद्यमीलाई वितरण गरिएका ९ लाख ७४ हजार ऋणमध्ये करिब ९३ प्रतिशत माइक्रोफाइनान्स ऋण थिए। ती ऋणको कुल मूल्य ११३ अर्ब पाकिस्तानी रुपैयाँ रहेको पाकिस्तानको केन्द्रीय बैंकका गभर्नर जमिल अहमदले बताएका छन्।

तर महिलाको व्यवसायमा पहुँच अझै साना ऋणमै बढी केन्द्रित देखिन्छ। सोही अवधिमा महिला नेतृत्वका ६११ वटा कर्पोरेट तथा व्यावसायिक उद्यमले मात्रै ५८ अर्ब रुपैयाँ ऋण पाएका थिए। यसले महिलाहरूको औपचारिक वित्तीय पहुँच र ठूलो व्यवसायका लागि पूँजी प्राप्तिमा रहेको अन्तरलाई देखाउँछ।

महिलालाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय वित्त निगमले अगस्टमा एएसए माइक्रोफाइनान्स बैंक पाकिस्तानलाई चार वर्षका लागि १० करोड अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएको छ। यसबाट थप ३५ हजारदेखि ४० हजार महिलालाई प्रारम्भिक चरणमा ऋण उपलब्ध गराउन सकिने बताइएको छ।

पाकिस्तानमा महिलाको औपचारिक बैंकिङ पहुँच भने अझै सीमित छ।  देशका करिब २७ प्रतिशत वयस्कसँग मात्र बैंक खाता रहेको छ र औपचारिक बैंक खातामा पहुँचको मामिलामा पुरुष र महिलाबीच ३० प्रतिशतभन्दा बढी अंकको अन्तर छ।

माइक्रोफाइनान्समार्फत महिलाले व्यवसाय सञ्चालनसँगै रोजगारी सिर्जना र परिवारको आम्दानीमा योगदान गर्ने अवसर पाएका उदाहरणहरू देखिएका छन्। यद्यपि, महिलालाई साना ऋणबाट ठूला तथा औपचारिक व्यवसायसम्म पुग्न वित्तीय पहुँच, पूँजी र बजारको अवसर विस्तार गर्नुपर्ने आवश्यकता अझै रहेको रिपोर्टले देखाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement