Advertisement
Advertisement
Advertisement
Advertisement

सात वर्षीया बालिकाको पहलपछि मर्मत भयो जीर्ण सडक

  |      13:51:00   |  
web image
web image

भदौ ३१, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मऊमा सात वर्षीया बालिका समरा नाजको पहलपछि उनको बस्तीको जीर्ण सडक पुनर्निर्माण गरिएको छ।

समराले गत सेप्टेम्बर १ मा जिल्ला अधिकारी आनन्द वर्धनसमक्ष निवेदन दिँदै आफ्नो घरदेखि विद्यालय जाने सडक निकै बिग्रिएको र हिँड्दा आफू पटक–पटक लड्ने गरेको बताएकी थिइन्। सडकको खराब अवस्थाका कारण विद्यालय जाँदा पोसाकसमेत फोहोर हुने उनको गुनासो थियो।

जिल्ला अधिकारीले बालिकाको गुनासो सुनेपछि सडक मर्मत गर्ने आश्वासन दिएका थिए। त्यसको भोलिपल्टै नगर परिषद्को प्राविधिक टोलीले सडकको मापन गरी निर्माणसम्बन्धी प्रक्रिया अघि बढाएको थियो। त्यसपछि क्षतिग्रस्त सडकको स्थायी रूपमा पुनर्निर्माण गरिएको हो।

सडक निर्माण सम्पन्न भएपछि जिल्ला अधिकारी वर्धन स्वयं समराको घर पुगेका थिए। उनले बालिकासँग सडक बनेपछि खुसी भए–नभएको सोध्दै मिठाई खुवाएका थिए। उनलाई चकलेट र साइकलसमेत उपहार दिइएको समाचारमा उल्लेख छ।

जिल्ला अधिकारीले सार्वजनिक गुनासो राख्न नडराएको भन्दै समराको प्रशंसा गरेका छन्। उनले उक्त क्षेत्रका अन्य आवश्यक सडक निर्माणका लागि पनि प्रशासनले काम अघि बढाउने बताएका छन्।

बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा शोषण रोकथामका लागि कानुनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने विषय पछिल्लो समय निरन्तर उठ्दै आएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement