Advertisement
Advertisement
Advertisement
Advertisement

वर्षाको पानी जमिनमै पठाउने महानगरको योजना, सुरु हुँदै ‘रिचार्ज काठमाडौं’

  |      13:29:00   |  
वर्षाको पानी जमिनमै पठाउने महानगरको योजना, सुरु हुँदै ‘रिचार्ज काठमाडौं’

भदौ २८, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको फ्ल्यास फ्लड अर्थात् सहरी बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ।

महानगरले वर्षाको पानी सङ्कलन गर्ने, जमिनमा पुनर्भरण गर्ने तथा पानीको उचित व्यवस्थापन गर्ने उद्देश्यले अभियान अघि बढाउन लागेको हो। कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएकाले यसको दीर्घकालीन समाधान खोज्न अभियान सुरु गर्न लागिएको बताइन्। 

उनका अनुसार करिब तीन दशकअघि सहरी क्षेत्रमा जथाभावी गरिएको विकास तथा संरचना निर्माणका कारण अहिले सहरी फ्ल्यास फ्लडको समस्या बढेको हो। वर्षा हुन थालेपछि नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधि मध्यरातमै समेत फिल्डमा खटिनुपर्ने अवस्था रहेको उनले बताइन्। 

महानगरले सहरी बाढी नियन्त्रणका लागि दीर्घकालीन उपायबारे अध्ययन गरिरहेको भए पनि अध्ययनको प्रतिवेदन पर्खेर मात्र नबस्ने जनाएको छ। तत्काल गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्ने उद्देश्यले ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाइएको डंगोलले बताइन्। 

अभियानअन्तर्गत वर्षाको पानी सङ्कलन, जमिनमा पानी पुनर्भरण र पानीको उचित व्यवस्थापनलाई प्राथमिकता दिइनेछ। महानगरले यस्ता उपायमार्फत काठमाडौंलाई बाढीको जोखिमबाट सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य लिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement