असोज १, काठमाडौं । न्यूजिल्यान्डमा महिलाहरूले उच्च सीप, ज्ञान र जिम्मेवारी आवश्यक पर्ने कामको उचित मूल्यांकन गर्दै समान पारिश्रमिक सुनिश्चित गर्न माग गरेका छन्।
प्बष्तष्बपष् ल्गचकष्लन ल्भध श्भबबिलम ले १७ सेप्टेम्बर २०२६ मा प्रकाशित गरेको सामग्रीअनुसार, न्यूजिल्यान्डमा महिलाले मतदानको अधिकार प्राप्त गरेको १३३ वर्ष पुगे पनि कार्यस्थलमा समानताको विषय अझै बहसको विषय बनेको छ। वृद्ध हेरचाह क्षेत्रमा कार्यरत लिसा मारिनरले महिलाले आफ्नो कामको सीप र जिम्मेवारीअनुसार उचित पारिश्रमिक पाउनुपर्ने विषय उठाएकी छन्।
विशेषगरी नर्सिङ, मिडवाइफरी, वृद्ध हेरचाहलगायत महिलाको बाहुल्य रहेका पेशामा कामको वास्तविक मूल्यांकन गरी पारिश्रमिक निर्धारण गर्नुपर्ने माग उठ्दै आएको छ। प्बष्तष्बपष् का अनुसार ‘उबथ भत्रगष्तथ’ भन्नाले महिलाको बाहुल्य भएका पेशामा गरिने कामलाई समान मूल्यका पुरुष(प्रधान पेशासँग तुलना गरी पारिश्रमिकमा रहेको असमानता सम्बोधन गर्नु हो।
कामको मूल्यांकन गर्दा शैक्षिक तथा व्यावहारिक ज्ञान, समस्या समाधान गर्ने क्षमता, सञ्चार सीप, नेतृत्व, संगठन तथा योजना, जिम्मेवारी, कामको जोखिम तथा शारीरिक र भावनात्मक श्रमजस्ता पक्षलाई समेत ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।
यसै सन्दर्भमा न्यूजिल्यान्डमा महिलाको श्रम र सीपको उचित मूल्यांकन तथा पारिश्रमिक समानताको मागलाई लिएर विभिन्न क्षेत्रका श्रमिक तथा ट्रेड युनियनहरूबाट आवाज उठिरहेको छ।