Advertisement
Advertisement
Advertisement
Advertisement

समग्र शैक्षिक सुधारमा पिएसबीको भूमिका महत्वपूर्णस् शिक्षा मन्त्री भट्टराई

  |      14:36:00   |  
समग्र शैक्षिक सुधारमा पिएसबीको भूमिका महत्वपूर्णस् शिक्षा मन्त्री भट्टराई

माघ २, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा सुधारमा सार्वजनिक सेवा प्रसारण पिएसबीको महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

पिएसबीको पूर्वारम्भ अर्थात पिएसबी प्रि(लञ्चिङ कार्यक्रमको दोस्रो दिन आज “समृद्धिको आधार,सबल साझेदार” विषयमा भएको संवादमा मन्त्री  भट्टराईले विद्यालय शिक्षाका सुधारका विषयहरु पिएसबीका अन्तरवस्तु बन्नुपर्ने बताउनु भएको हो ।

”विद्यालय शिक्षा विधेयक जुन अहिले संसदीय समितिमा विचाराधिन छ, त्यसलाई कसरी राम्रो बनाउने आजको सन्दर्भमा हाम्रो नागरिकले सोचे जस्तो शिक्षा दिन बाहिर देखिएका समस्याहरुलाइ संवोधन गर्दै त्यो विधेयक कसरी पारित गर्ने जस्ता विषयमा संचार माध्यमले विधेयक माथि संवाद चलाउनु पर्छ । विद्यालय शिक्षा सुधारका लागि यि र यस्ता विषयमा विभिन्न सरोकारवालासँग संवाद चलाउनु पर्छ । पिएसबीको यसमा भूमिका खेल्नु पर्छ” मन्त्री भट्टराइले भन्नुभयो ।

सार्वजनिक सरोकारको महत्वपूर्ण पाटो शिक्षा र स्वास्थ्यलाई सार्वजनिक  सेवा प्रसारणको मुल विषयबस्तु बनाउने ध्येयले यो छलफल आयोजना गरिएको हो ।

पिएसबी पूर्वारम्भ कार्यक्रम भोलिसम्म जारी रहने छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement