Advertisement
Advertisement
Advertisement
Advertisement

रोडमा पार्किङ सहज बनाउन एनएसी भवनमा बहुस्तरीय पार्किङको प्रस्ताव

  |      13:40:00   |  
रोडमा पार्किङ सहज बनाउन एनएसी भवनमा बहुस्तरीय पार्किङको प्रस्ताव

भदौ २८, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम ९एनएसी० को भवनलाई बहुस्तरीय पार्किङ संरचनाका रूपमा विकास गर्न संघीय सरकारसँग अनुमति मागेको छ।

काठमाडौंमा दिनप्रतिदिन बढ्दै गएको पार्किङ समस्या समाधान गर्न सीमित स्थानको अधिकतम उपयोग गर्ने उद्देश्यले महानगरले यस्तो प्रस्ताव अघि सारेको हो।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले एनएसीको भवनमा बहुस्तरीय पार्किङ निर्माणका लागि संघीय सरकारसँग विशेष अनुरोध गरिएको जानकारी दिइन्।

डंगोलका अनुसार काठमाडौंको क्षेत्रफल सीमित भएकाले नयाँ ठाउँ खोज्नुभन्दा उपलब्ध स्थानको प्रभावकारी उपयोग गरी पार्किङ व्यवस्थापन गर्नु आवश्यक छ।

‘पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। हाम्रो क्षेत्रफल सीमित भएकाले उपलब्ध ठाउँको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो,’ उनले भनिन्।

एनएसीको भवनमा बहुस्तरीय पार्किङ निर्माण गर्न सकिएमा काठमाडौंको मुख्य सहरी क्षेत्र अर्थात् ‘कोर एरिया’मा देखिएको पार्किङ समस्या समाधान गर्न महत्वपूर्ण योगदान पुग्ने महानगरको विश्वास छ।

महानगरले काठमाडौंभरको पार्किङ समस्या र यसको दीर्घकालीन व्यवस्थापनका विषयमा विज्ञमार्फत विस्तृत अध्ययनसमेत गराइरहेको जनाएको छ।

कार्यवाहक प्रमुख डंगोलका अनुसार केही समयभित्र विज्ञहरूको अध्ययन प्रतिवेदन प्राप्त हुनेछ। प्रतिवेदनमा दिइएका सुझावका आधारमा पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित, वैज्ञानिक र प्रणालीगत बनाउँदै समस्या समाधानतर्फ महानगर अघि बढ्नेछ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement