Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्रिय कृषि नीति २०८३ लागू : आत्मनिर्भर र आधुनिक कृषितर्फ नेपालको नयाँ कदम

  |      12:02:00   |  
Web Image
Web Image

साउन २० , काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ सार्वजनिक गरेको छ।
संघीय शासन प्रणालीअनुसार तयार गरिएको यस नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय वृद्धि, उत्पादन विस्तार, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन लाई मुख्य प्राथमिकतामा राखेको छ।
कृषि मन्त्री गीता चौधरीका अनुसार, कृषि क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्दै दिगो र उत्पादनमुखी प्रणाली विकास गर्न यो नीति ल्याइएको हो। नीतिले भूमि खण्डीकरण, बाँझो जमिनको वृद्धि, सिँचाइ तथा भण्डारण अभाव, युवा पलायन, जलवायु परिवर्तनको असर र बढ्दो आयात निर्भरता जस्ता समस्यालाई समाधान गर्ने लक्ष्य राखेको छ।
यस नीतिमा आधारभूत खाद्यवस्तुमा आत्मनिर्भर बन्ने, कृषि व्यवसायीकरण र औद्योगिकीकरणलाई बढावा दिने तथा उत्पादनको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने योजना समेटिएको छ। साथै, जैविक विविधता संरक्षण, वातावरणमैत्री कृषि प्रणाली विकास र डिजिटल प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ।
कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, यान्त्रिकीकरण, भूमि व्यवस्थापन, अनुसन्धान तथा प्रविधि विस्तार, न्यूनतम समर्थन मूल्य, कृषि बिमा र सहुलियतपूर्ण ऋणजस्ता कार्यक्रमलाई नीतिले विशेष महत्व दिएको छ।
यसका अतिरिक्त, कृषि बजार तथा उद्योग विकास, निजी क्षेत्र र सहकारीको लगानी प्रवर्द्धन, माटो स्वास्थ्य व्यवस्थापन, जलवायु अनुकूलन र कृषि तथ्याङ्क प्रणाली सुदृढीकरणलाई पनि प्राथमिकतामा राखिएको छ।
नीति कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, कानुनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोत परिचालन र नियमित अनुगमनको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यस नीतिको प्रभावकारी कार्यान्वयनबाट खाद्य आत्मनिर्भरता, रोजगारी सिर्जना, आयात घटाउने र कृषि निर्यात बढाउने लक्ष्य हासिल हुने विश्वास व्यक्त गरेको छ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement