Advertisement
Advertisement
Advertisement
Advertisement

मिस नेपाल दीपमालाले उठाइन् वित्तीय संकट र युवाको मानसिक दबाबको विषय

  |      13:15:00   |  
web image
web image
साउन २६ ,काठमाडौं । मिस नेपाल २०२६ दीपमाला ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेट गरी वित्तीय संकटले विशेषगरी युवाको जीवनमा पार्न सक्ने प्रभावबारे छलफल गरेकी छन्।
ढकालले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै ऋण तथा आर्थिक दबाबका कारण युवाहरूको जीवनमा पर्न सक्ने गम्भीर असरबारे गभर्नर पौडेलसँग महत्वपूर्ण कुराकानी भएको बताएकी हुन्।
उनका अनुसार वित्तीय संकटको सामना गर्न वित्तीय साक्षरता, सहज वित्तीय सहायता, आर्थिक अवसर तथा मानवीय संवेदनासहितको नीतिनिर्माण आवश्यक छ।
ढकालले ऋण जतिसुकै ठूलो भए पनि मानिसको जीवनभन्दा ठूलो हुन नसक्ने बताउँदै आर्थिक समस्याको समाधान खोज्न सकिने तर जीवनको विकल्प खोज्न नसकिने धारणा व्यक्त गरेकी छन्।
ब्ल्याक–रककी पूर्व इन्भेस्टमेन्ट स्ट्राटेजिस्टसमेत रहेकी ढकालले मिस नेपालका रूपमा आफ्नो प्रभाव र आवाजलाई आर्थिक कठिनाइमा परेका मानिसले समाधान तथा सहयोग पाउने वातावरण निर्माणमा प्रयोग गर्ने बताएकी छन्।
उनले कुनै पनि युवाले आफ्नो वर्तमान आर्थिक अवस्थालाई आफ्नो भविष्यभन्दा ठूलो नठान्ने वातावरण निर्माण गर्न आफूले योगदान गर्न चाहेको उल्लेख गरेकी छन्।
गभर्नर पौडेलसँगको भेटलाई प्रेरणादायी बताउँदै ढकालले वित्तीय संकटमा परेका युवालाई सहयोग, अवसर र सही वित्तीय जानकारी उपलब्ध गराउनु आवश्यक रहेकोमा जोड दिएकी छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement