Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाको पीडालाई सामान्य नठान्न चिकित्सक र समाजलाई आग्रह

  |      11:13:00   |  
महिलाको पीडालाई सामान्य नठान्न चिकित्सक र समाजलाई आग्रह

भदौ २८, काठमाडौं । महिलाले भोग्ने प्रजनन स्वास्थ्यसम्बन्धी पीडा र समस्यालाई सामान्य रूपमा लिने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवाज उठेको छ। द इन्डियन एक्सप्रेसमा प्रकाशित एक विचार लेखले महिलाको स्वास्थ्यसम्बन्धी समस्या लामो समयसम्म बेवास्ता हुने गरेको भन्दै उनीहरूको पीडालाई गम्भीरतापूर्वक सुन्न र उपचार गर्नुपर्नेमा जोड दिएको छ।

लेखमा एन्डोमेट्रियोसिस, महिनावारीसँग सम्बन्धित समस्या तथा पोलिएन्डोक्राइन मेटाबोलिक ओभेरियन सिन्ड्रोम ९पीएमओएस० जस्ता अवस्थाको पहिचान र उपचारमा महिलाले लामो समय कुर्नुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ। कतिपय महिलाले वर्षौंसम्म चिकित्सक र अस्पताल धाउँदा पनि सही निदान नपाउने समस्या रहेको लेखमा बताइएको छ।

भारतमा गरिएको पहिलो जिनोम–वाइड एन्डोमेट्रियोसिस अध्ययनले यस रोगको विकासमा आनुवंशिक पक्षको भूमिका देखाएको र दक्षिण एसियाली जनसंख्यालाई आनुवंशिक अनुसन्धानमा समेट्ने दिशामा महत्वपूर्ण कदम भएको लेखमा उल्लेख छ। यसले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी समस्याबारे थप अनुसन्धान र संवादको आवश्यकता पनि देखाएको छ।

लेखका अनुसार इतिहासदेखि नै महिलाका शारीरिक तथा मानसिक स्वास्थ्य समस्यालाई गलत रूपमा व्याख्या गर्ने र उनीहरूको पीडालाई कम आँक्ने प्रवृत्ति रहँदै आएको छ। आज पनि एन्डोमेट्रियोसिसको सही निदान हुन १२ वर्षसम्म लाग्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ।

भारतका विभिन्न क्षेत्रमा महिनावारी र प्रजनन स्वास्थ्य अझै पनि सामाजिक वर्जना तथा लाजसँग जोडिएको विषय रहेकाले महिलाहरू आफ्ना समस्या खुलस्त रूपमा व्यक्त गर्न हिच्किचाउने अवस्था रहेको लेखले औंल्याएको छ। यस्तो सामाजिक धारणाले स्वास्थ्य सेवामा रहेको लैंगिक पूर्वाग्रहलाई थप गम्भीर बनाउन सक्ने बताइएको छ।

लेखले महिलाको स्वास्थ्य समस्या समाधानका लागि चिकित्सा क्षेत्रको प्रयास मात्र पर्याप्त नहुने निष्कर्ष निकाल्दै महिलाको पीडालाई विश्वास गर्ने, सुन्ने र सम्मानपूर्वक उपचार गर्ने सामाजिक वातावरण आवश्यक रहेकोमा जोड दिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement