Advertisement
Advertisement
Advertisement
Advertisement

फेसन हरेक पल बदलिन्छ, यस्ता छन् फेसन गर्ने सही तरिका

  |      15:19:00   |  
फेसन हरेक पल बदलिन्छ, यस्ता छन् फेसन गर्ने सही तरिका

साउन ३२, काठमाडौं। फेसनको संसारमा कुनै निर्धारित नियम हुँदैन । फेसन हरेक पल बदलिन्छ र यसको नियम पनि परिवर्तन हुँदै जान्छ । अत: ती नियमलाई ब्रेक गर्ने उपाय जान्नु नै उपयुक्त हुन्छ । 
 

प्रिन्ट्सलाई एकसाथ पेयर गर्नु हुँदैन : प्रिन्ट्सलाई मिक्स–म्याच गर्नु लेटेस्ट र हटेस्ट ट्रेन्ड हो । स्ट्राइप्स, पोल्का डट्स वा एनिमल प्रिन्ट जे भए पनि प्रिन्ट्सलाई स्मार्ट तरिकाले मिक्स म्याच गरी हट लुक क्रिएट गर्न सकिन्छ । 

 

ओपन सुजका साथमा : ओपन सुजका साथमा स्टकिङ्स वा मोजाको प्रयोग गर्नु पनि एउटा लुक हो, तर कन्ट्रास्ट पेयरिङ होस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । सिल्भर स्यान्डल्सका साथमा ब्ल्याक स्टकिङ्स वा ब्राउन सुजका साथमा पनि यसलाई मिलाएर लगाउन सकिन्छ । 
 

लङ ड्रेस वा पाइन्टका लागि अग्लो हुनुपर्छ :उचाइ कम भएका युवतीहरू पनि लङ ड्रेस वा पाइन्टमा स्मार्ट देखिन सक्छन् तर यो फिटिङ भने हुनुपर्छ । 
 

सिक्वेन्स र मेटालिक : आफ्नो स्पार्कल र चार्मलाई एउटा ड्रेसमा सीमित राख्नुपर्छ र डे लुक सिर्जना गर्नुपर्छ । टप वा ज्याकेटमा मात्र सिक्वेन्स हुनुपर्छ । 

 

नेबी ब्लु र ब्ल्याक एकसाथ लगाउनु हुँदैन : अब यस्तो कुनै ट्रेन्ड छैन । त्यसैले यो नियमलाई बिर्सनु नै उपयुक्त हुन्छ । ब्लु र ब्ल्याकलाई पेयर गर्दा मोर्डन लुक प्राप्त हुन्छ । 

 

गोल्ड र सिल्वरलाई मिक्स–म्याच गर्नुहुँदैन : यो नियमबाट पनि छुटकारा प्राप्त गर्न सकिन्छ । एसेसरिज होस् वा गहना, मेटालिक सेड्सले एक–अर्कालाई कम्प्लिमेन्ट गर्छ। 

 

ह्यान्ड ब्याग र सुज म्याचिङ गर्नुपर्छ : यो नियम पनि पछ्याउनु जरुरी छैन । अहिले सिंगल कलरको साटो मिक्स कलरफुल एसेसरिजको ट्रेन्ड छ । 

 

सोर्ट्स र सर्ट ड्रेस समरका लागि मात्र हो : होइन, प्रिन्टेड टाइट्स वा सटर््सका साथमा बुट्स लगाएर विन्टर लुक सिर्जना गर्न सकिन्छ । 

 

स्निकर्स जिमका लागि नै हो : अब यो ट्रेन्ड छैन । स्निकर्सको सही छनोटले स्टाइल प्रदान गर्छ । लेदर पाइन्ट र स्कर्टसित स्निकर्सलाई कम्बाइन गर्न सकिन्छ । 

 

रेड लिपिस्टिक इभिनिङका लागि मात्र उपयुक्त हुन्छ : यसलाई दिनमा पनि प्रयोग गरी हट लुक क्रिएट गर्न सकिन्छ । रेड लिपिस्टिकसित अन्य मेकअप भने मिनिमम राख्नुपर्छ । आउटफिटको कलर पनि न्युट्रल हुनुपर्छ । 

 

स्वेट पाइन्ट घरमा मात्र लगाउन सकिन्छ : हालै यो ट्रेन्डमा परिवर्तन आएको छ । राम्रो फिटिङको स्वेट पाइन्ट छ भने त्यो कुल देखिन्छ । यसलाई पिप टो बुटिज वा हिलन र स्ट्रक्पर्ड ब्लेजरसित पेयर गर्नु उपयुक्त हुन्छ । 

 

दुईवटा बोल्ड कलर एकसाथ लगाउनु हुँदैन : कलर ब्लकिङको अर्थ नै हुन्छ दुई–तीन वटा कलरलाई एकसाथ लगाउनु । यो धेरै समयदेखि ट्रेन्डमा छ । एसेसरिजमा कलर ब्लकिङ प्रयोग गर्न सकिन्छ । 

 

एउटै साइजको पहिरन लिनुपर्छ : आफ्नो साइज जे छ आँखा बन्द गरी त्यही साइजको कपडा वा जुत्ता खरिद गर्नुपर्छ भन्ने छैन । हरेक स्टोर वा ब्रान्डको फिटिङ अलग–अलग हुन्छ । अत: ट्रायल गरी आफ्नो फिटिङको हिसाबबाट नै पहिरन खरिद गर्नुपर्छ । 

 

जिन्सलाई रेग्युलर वास गर्नुपर्छ : जिन्स जति चाँडो र बढी वास गरिन्छ, त्यसको फिटिङ त्यति नै खराब हुन्छ, कारण यसबाट त्यसको सेप बिग्रिएर लुज हुन्छ । जिन्सका पहिरन लामो समयसम्म नधोई लगाउन सकिन्छ । 

 

सियर टप अफिसमा लगाउनु हुँदैन : पछिल्लो केही समययता सियर फेसनमा छ । सियर लगाउनुको अर्थ सी–थु्र टप लगाउनु होइन । सेयर वा सिल्क इनरका साथमा ट्रान्सपरेन्ट टप लगाउन सकिन्छ वा सियर टि–सर्टसित सोलिङ कलरका साथमा पेयर गर्नुपर्छ । 

 

हाइ वेस्ट पाइन्ट वा जिन्स लगाउनु हुँदैन : फिटिङ र सही पेयरिङ गरी थोरै हाइ वेस्ट जिन्स लगाउनुपर्छ, यसले स्लिम लुक प्रदान गर्नुका साथै अग्लो महसुस गराउँछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement