साउन ७, काठमाडौं । अहिले हरियाली मौसम र आममानिसहरुको बाहिरी आवरणलाई नियाल्ने हो भने लगभग उस्तै हरियाली आभास गर्न लायकको देखिन्छ । यो झरीको मौसममा साउनको महिनाको फेसनेवल चटारो निकै प्रशंसा गर्न लायक छ भन्दा फरक पर्दैन् । साउनको महिमा र फेसन ट्रेन्डलाई पछ्याउने अनुयायी र चारैतिर हरियाली छाएको प्रकृती मनमोहक सुन्दर देखिन्छ । हरेक वर्ष साउन महिनामा भगवान शिवको आरधना गर्दै साउनको हरेक सोमवार ब्रत बसी हरिया, राता र पहेंला पहिरनमा सजिएका भक्तजनहरुको लहर धार्मिक अनुष्ठानहरुमा पनि भिड लाग्छ । फेसन भनौ वा साउनको महिमा महत्वपूर्ण भएकाले हो एक वर्षमा यतिवेला हरियालीे छाउने भएकाले कतिपयले प्रकृतीको पूँजा आरधना गर्न हरियो पहिरन लगाउने गरेको अभिव्यक्ती दिने गरेको सुन्नमा आएको छ । कतिपयले त यो महिनामा हरियो फेसनलाई प्राथमिका दिने पाइएकाले हरियो पहिरनका फेसन पारखीहरुको माग ह्वात्तै बढेको डिजाइनर प्रतिमा शाह बताउँछिन् । काठमाडौंको पेप्सिकोलास्थित महालक्ष्मी बुटिककी डिजाइनर प्रतिमा शाहसँग नेप्लिज वुमन डटकममा साउनको हरियो फेसन र मागका विषयमा केन्द्रित भएर गरेको कुराकानीको सम्पादित अंश जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
तपाइले यो पेशा सुरु गर्नु भएको कति वर्ष भयो ?
सात वर्ष भयो ।
तपाइको शैक्षिक अध्ययनसँग पेशागत क्षेत्र मिल्दोजुल्दो छि कि छैन्?
विज्ञान विषयमा अध्ययन गरेको हो मैले । कामसँग मिल्दैन तर सानैदेखि मलाई डिजाइनर बन्ने इच्छा थियो । यसकारण पनि आज म यो क्षेत्रमा आवद्ध छु ।
तपाइको जन्मथलो कहाँ हो ?
जन्मथलो र कर्मथलो नै मेरो बर्दिया हो । तर बिगत ७ वर्षदेखि काठमाडौंलाई नै कर्मथलो बनाएर पेशागत जिवन बिताइरहेकी छु।
परिवार र व्यवसायलाई कसरी व्यवस्थापन गर्नुहुन्छ त ?
हामी श्रीमान र श्रीमती नै आफ्नै कर्म गरिरहेका छौं । मेरो श्रीमान इन्जिनियर हो। उहाँ अफिस जानुहुन्छ । म बुटिकमा आउँछु । हाम्रा दुई सन्तान छन् । दिनभर काममा व्यस्त हुन्छौ बच्चाहरु स्कुलबाट आएपछि घरमा जो पहिला पुग्छौ उसैले घरको जिम्मेवारी सम्हाल्ने गरेका छौ । हामी एकअर्कालाई निकै नै बुझ्ने भएकाले पनि आज यो खालको जिवन सम्भव भएको छ जस्तो लाग्छ ।
उनि थप्दै भन्छिन्, तीज लगायतका अन्य चाँडपर्वको समयमा अलिक व्यस्त भइन्छ । त्यो बेलामा कहिले राती ढिलासम्म पनि काम गर्नुपर्ने हुन्छ । आफ्नो श्रीमानलाई काम र समयका विषयमा प्रष्ट कुरा गर्छु र उहाँले यो बेलामा मलाई असाध्यै सहयोग गर्नुहुन्छ।
फेसनका विषयमा यहाँ सचेत हुनुहुन्छ, नेपालमा अहिले साउन महिनाको फेसन ट्रेन्ड कस्तो छ ?
जहाँसम्म मैले सानैदेखि सुने र बुझे अनुसार हरियो पे्रमको प्रतिकको रुपमा लिइन्छ । रातो सौभाग्य र पहेंलोलाई पवित्रताको प्रतिकको रुपमा लिइन्छ । यसकारण पनि यो साउनमा हरियो, रातो पहेंलो रंग लगाउनु मानव मस्तिकका लागि पनि एक किसिमको सकरात्मक उर्जाको रुपमा लिनु राम्रो कुरा हो । हरियो रंगले शितल प्रदान गर्छ ,मनलाई शान्त बनाउछ भनेर यो महिनामा हामी हरियो रंग लगाउँछौं ।
हरियो रंगका पहिरनहरुको माग बजारमा कतिको बढेको छ ? अहिले आर्थिक मन्दिले पनि बजारमा धेरै नै संकट थपेको छ, यस्को प्रभाव फेसन बजारमा परेको छ कि छैन् ?
साउन महिनामा अरु रंगको भन्दा पनि हरियो रंगको माग अधिक हुन्छ । वषभरी अन्य रंगका पहिरनहरु लगाएपनि यो महिनामा हरियो नै पहिनर लगाउनेहरुको संख्या धेरै हुनाले महिला दिदीवहिनीहरु निकै नै आउनु हुन्छ । हो आर्थिक मन्दीको असर अहिलेको बजारमा निकै परेको छ । पहिले एकै पटकमा ३÷४ जोर किनेर लानेले एक जोर भएपनि यो महिनामा हरियो रंगको पहिरन लगिरहनुभएको छ । साउनको महिमालाई जोडेर हरियो नै रंगका पहिरन किन्नेहरुको संख्या चाहि यो सालको साउन महिनामा कम भएको छैन् ।
साउन महिनाको हरियो पहिरनका लागि कुन उमेर समुहका महिलाहरुको संख्या धेरै छ ?
समग्रमा मसँग सबै उमेर समुहका महिलाहरु हरियो रंगका पहिरनहरुको डिजाइन अर्डर गर्न आउनुहुन्छ । तथापि संख्याको हिसावले भन्नुभन्दा मेरो बुटिकमा विषेशगरी ४० वर्ष कटेका महिलाहरु नै धेरै आउँनुहुन्छ । खासमा एक खालको लहर नै भन्नुपर्छ पछिल्लो समय पहिरन कोड अनुसारका पहिरनहरुको माग पनि अकाशिएका कारण फेसनका पहिरनको माग घटेको चाहि छैन् । यस्मा पनि ४० प्लस महिलाहरु नै धेरै आकर्षित भएको मेरो अनुभव छ ।