मंसिर ३, काठमाडौं । जिल्लाको नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय २२ वर्षीया रीमा बुढामगर शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा आमा छोराको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले बताएको छ ।
उनका अनुसार आमाको शव भेटिएको देखि ४० मिटर टाढा छोराको शव भेटिएको छ । उनीहरु दुबैजना कात्तिक २७ गतेदेखि हराइरहेका थिए । उनीहरु हराएको खबर र शव भेटिएको खबर पनि प्रहरीलाई स्थानीय बासिन्दाले नै दिएका थिए ।