साउन १६, काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु । आइसियूमा उपचाररत ती महिलाको शुक्रबार बिहान ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताए डडाक्टर शर्माले बताए । संक्रमित महिलालाई निमोनियाको समस्या रहेको डाक्टर शर्माको भनाइ छ ।
स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि ती महिलालाई साउन ६ गते पाटन अस्पताल भर्ना गरिएको थियो । आजै सेनाले मृतकको शव व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा हुन् । कोरोना महामारीको बीचमा उनी वीरगन्जबाट आएकी थिइन् ।