पुस १६, काठमाडौं।
नेत्र न्यौपाने, दुबइ।
युएइको दुबइ शहरमा यहि १२ जनवरि २०२५ मा पहिलो पटक नेपाली डिजाइनर तृष्णा गुरुङको डिजाइनमा चर्चित मोडलहरुले र्याममा जलवा देखाउने भएका छ्न । डिजाइनर तृष्णा गुरुङको १५ वर्षको कडा मेहनत पश्चात् अन्ततः दुबइको Carlton Dubai Creek होटलमा भब्य रुपमा नेपाली ब्यान्ड क्लासिकको लाइभ म्युजिकको साथै डिजाइनर तृष्णा गुरुङको डिजाइनमा बनेका पहिरन लगाएर मोडलहरु र्याम्पमा उत्रने दुबइबाट सुबास न्यौपानेले बताउनु भएको छ।
दुबइमा नेपालीले गर्न लागेको यो नै पहिलो ग्लोबल इभेन्ट हो भने यस्ता अन्तर्राष्ट्रिय इभेन्टले अझ नेपाली फेसन उद्योगलाइ माथी लैजाने बअभ इा त्न् ब्रान्डका एम्बेसेडर च।गुरुङ को भनाइ छ। भने महिला एम्बेस्टर चयन हुन बाकी नै रहेको छ। भने चिफ एड भाइजरमा ज्च् मैनाली रहनु भएको छ।
मध्य पुर्बको मुटु युएइको दुबइ शहरमा पछिल्लो समय नेपाली समुदायले पनि अन्तर्राष्ट्रिय स्थरको कार्यकम गर्न लागेको र यस्ता कार्यक्रमले बिश्व समुदायले नेपाल र नेपालीलाई हेर्ने दृस्ठिकोण फरक भएको ब्याबसायी तथा समाजसेबि सुबास न्यौपानेले बताउनु भएको छ। करिब ७ लाख नेपाली कार्यरत युएइ, नेपालीको श्रमको प्रमुख गन्तब्य पनि हो। पछिल्लो समय युएइका विभिन्न शहरमा नेपालीहरुले आफ्नो ब्याबसाय संचालक गर्दै आएका छ्न। होटल ,रेस्टुरेन्ट, पार्लर , कन्सल्टेन्सी नेपालीको प्रमुख रोजाइमा ब्याबसायमा पर्छ्न