Advertisement
Advertisement
Advertisement
Advertisement

त्रिपुरेश्वर बस आगलागी घटनापछि सुमना श्रेष्ठद्वारा प्रणालीप्रति प्रश्न

  |      12:16:00   |  
त्रिपुरेश्वर बस आगलागी घटनापछि सुमना श्रेष्ठद्वारा प्रणालीप्रति प्रश्न

असोज ६, काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालकको मृत्यु भएको घटनालाई लिएर सरकार र विद्यमान प्रणालीको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले नागरिक निराश, आक्रोशित र असहाय बन्नुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताएकी हुन्।

ट्राफिक नियम पालना आवश्यक रहेकोमा आफू सहमत रहेको उल्लेख गर्दै उनले त्रिपुरेश्वरको घटनालाई केवल नियम उल्लंघन र कानुनी कारबाहीको विषयमा सीमित गर्न नहुने बताएकी छन्। नियम उल्लंघन भएको भए कानुनअनुसार कारबाही हुनुपर्ने भए पनि नागरिकले राज्यका निकायसँगको सम्पर्कमा आफू अपमानित, नसुनिएको वा न्यायको बाटो नभएको महसुस गर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा पनि समीक्षा हुनुपर्ने उनको भनाइ छ।

श्रेष्ठले घटनालाई ‘को सही र को गलत’ भन्ने दुई पक्षीय बहसमा मात्र सीमित गर्दा यसको मूल प्रश्न ओझेलमा पर्ने बताएकी छन्। उनले नागरिकलाई जीवनभन्दा मृत्यु सहज विकल्पजस्तो लाग्ने अवस्था किन सिर्जना हुन्छ भन्ने विषयमा राज्य र समाजले गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखेकी छन्।

ट्राफिक प्रहरीको भूमिकामाथि प्रश्न उठाउनु वा ट्राफिक नियमको आवश्यकता अस्वीकार गर्नु आफ्नो उद्देश्य नभएको उनले स्पष्ट पारेकी छन्। नियम कार्यान्वयनसँगै सरकारी निकायमा जवाफदेहिता र मानवीय व्यवहार पनि आवश्यक रहेकोमा उनले जोड दिएकी छन्।

उनका अनुसार यस्ता घटनामा कसले जित्यो वा हार्‍यो भन्ने बहसभन्दा प्रणाली कहाँ चुक्यो भन्ने विषयमा समीक्षा गर्न आवश्यक छ। सभ्य समाजको अर्थ केवल नियम पालना गराउने व्यवस्था नभई नियम कार्यान्वयन गर्दा नागरिकलाई मानवीय दृष्टिकोणबाट व्यवहार गर्ने प्रणाली पनि भएको उनले उल्लेख गरेकी छन्।

नागरिकले आफू अन्यायमा परेको, आफ्ना कुरा सुनिदिने कोही नभएको वा समस्याबाट बाहिरिने बाटो नदेखिएको महसुस गर्नुअघि नै गुनासा तथा समस्या राख्न सक्ने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने श्रेष्ठको भनाइ छ।

उनले राज्यको प्रणाली नागरिकलाई अन्तिम अवस्थामा निराश हुन नदिने र समस्या समाधानका लागि विश्वासिलो बाटो उपलब्ध गराउने खालको हुनुपर्नेमा जोड दिएकी छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement