Advertisement
Advertisement
Advertisement
Advertisement

सर्वोच्चको आदेशपछि अम्बिका काफ्लेको सांसद पद कायमै रहने

  |      15:02:00   |  
सर्वोच्चको आदेशपछि अम्बिका काफ्लेको सांसद पद कायमै रहने

असोज ६, काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी ९जसपा० नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

लुम्बिनी प्रदेशसभा सचिवालयले राजनीतिक दलसम्बन्धी ऐन तथा प्रदेशसभा नियमावलीअनुसार काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित गर्दै उनलाई प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी दिएको थियो।

उक्त निर्णयविरुद्ध काफ्ले कानुनी प्रक्रियामा गएपछि सर्वोच्चले पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। आदेशसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनको प्रदेशसभा सदस्यको हैसियत कायम रहने भएको छ।

काफ्लेलाई पदमुक्त गर्ने निर्णयलाई लिएर जसपा नेपालले यसअघि नै आपत्ति जनाउँदै प्रदेशसभा सचिवालयको कदम गैरकानुनी र असंवैधानिक भएको दाबी गरेको थियो। पार्टीले निर्णय सच्याउन तथा घटनाबारे निष्पक्ष छानबिन गर्न मागसमेत गरेको थियो।

काफ्लेलाई पार्टीको प्रदेश संसदीय दलको निर्णय र सिफारिसका आधारमा पदबाट हटाइएको प्रदेशसभा सचिवालयले जनाएको थियो। तर जसपा नेपालले काफ्लेलाई कारबाही गर्न प्रयोग भएको पत्र र प्रक्रियामाथि नै प्रश्न उठाउँदै कानुनी उपचारमा जाने बताएको थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement