Advertisement
Advertisement
Advertisement
Advertisement

त्रिपुरेश्वर बस आगलागीबारे संसद्मा प्रश्न, घटनाको छानबिन माग

  |      13:48:00   |  
त्रिपुरेश्वर बस आगलागीबारे संसद्मा प्रश्न, घटनाको छानबिन माग

असोज ६, काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा चालकको मृत्यु भएको घटनाबारे प्रतिनिधिसभामा प्रश्न उठाइएको छ। सांसदहरूले घटनाको वास्तविक कारण पहिचान गरी जिम्मेवार पक्षबारे स्पष्ट छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धीसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। घटनामा बस चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए। उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो र उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक आफैंले बसमा आगो लगाएको आशंका गरिएको छ। आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ। यद्यपि घटनाको वास्तविक कारण र परिस्थितिबारे अन्तिम निष्कर्ष अनुसन्धानपछि मात्रै आउने प्रहरीले जनाएको छ।

घटनाको छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरिसकेको छ। समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

यस घटनालाई लिएर संसद्मा समेत प्रश्न उठेपछि घटनाको निष्पक्ष छानबिन, चालकको मृत्युको कारण र आगलागी हुनुअघिको घटनाक्रमबारे स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement