Advertisement
Advertisement
Advertisement
Advertisement

निःशुल्क कानुनी सहायता अब थप नागरिकको पहुँचमा ल्याउने प्रस्ताव

  |      13:54:00   |  
निःशुल्क कानुनी सहायता अब थप नागरिकको पहुँचमा ल्याउने प्रस्ताव

असोज ५, काठमाडौं । सरकारले निःशुल्क कानुनी सहायता पाउने नागरिकको दायरा फराकिलो बनाउने उद्देश्यसहित प्रतिनिधिसभामा नयाँ विधेयक दर्ता गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दर्ता गराएको विधेयकले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका विभिन्न समूहलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने प्रस्ताव गरेको छ।

प्रस्तावित व्यवस्थाअनुसार बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा असहाय व्यक्ति र सामाजिक वा शैक्षिक रूपमा पछाडि परेका महिलाले निःशुल्क कानुनी सहायता पाउनेछन्। दलित, आदिवासी जनजाति, थारू, अल्पसंख्यक, सीमान्तकृत, मुस्लिम तथा पिछडावर्गसहित आर्थिक रूपमा विपन्न नागरिकलाई पनि यस्तो सेवाको दायरामा समेट्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी घरेलु हिंसा वा लैंगिक हिंसाबाट पीडित व्यक्ति, शहीद तथा सशस्त्र द्वन्द्वपीडित, विभिन्न आन्दोलनका घाइते र जातीय तथा सामाजिक छुवाछुत तथा भेदभावबाट पीडितलाई पनि निःशुल्क कानुनी सहायता उपलब्ध गराउने व्यवस्था विधेयकमा राखिएको छ।

फौजदारी मुद्दामा पक्राउ परेको व्यक्तिले आफू कानुन व्यवसायी राख्न असमर्थ रहेको जानकारी गराएमा निःशुल्क कानुनी सहायता पाउने प्रस्ताव गरिएको छ। कारागारमा रहेका थुनुवा तथा कैदीबन्दी र अदालतको आदेशबाट कानुनी सहायता आवश्यक भएका पक्षलाई पनि सेवा उपलब्ध गराउने व्यवस्था प्रस्तावित छ।

विधेयकले कानुनी सहायता लिनका लागि स्थानीय तह वा जिल्ला कानुनी सहायता समितिमा निवेदन दिन सकिने व्यवस्था गरेको छ। त्यस्तै, अनलाइनमार्फत आवेदन दिन सकिने तथा आर्थिक रूपमा असमर्थ पक्षलाई आवश्यक अवस्थामा अदालतसम्म पुग्दा लाग्ने यातायात, बास र खानाको खर्चसमेत सहयोग गर्न सकिने प्रस्ताव छ।

नयाँ व्यवस्थामा विज्ञ कानुन व्यवसायीमार्फत सेवा उपलब्ध गराउने र पहिलोपटक मनोसामाजिक परामर्श सेवा दिने प्रावधानसमेत समेटिएको छ। अपाङ्गता भएका व्यक्तिलाई कानुनी सहायता प्रदान गर्दा सांकेतिक भाषाको प्रयोग गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै यसले कानुनी हैसियत प्राप्त गर्नेछ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement