वैशाख २९ काठमाडौं । हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ। नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित हतुवागढी आँखा उपचार केन्द्र घोडेटारको आयोजनामा भएको शिविरमा ३०५ जनाले आँखा जाँच सेवा लिए। शिविरमा मोतियाबिन्दु र मासु पलाएको समस्याको निःशुल्क शल्यक्रिया गरिएको थियो।
विराटनगर आँखा अस्पताल रानीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई नजिकै उपचार पाउँदा राहत मिलेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। उनले भने, ‘आर्थिक अवस्था कमजोर भएर अन्यत्र उपचारमा जान नसकेका पालिकावासीलाई स्थानीय स्तरमै सञ्चालित स्वास्थ्य कार्यक्रमले राहत दिएको छ।’
ग्रामीण क्षेत्रमा सञ्चालित आँखा शिविर प्रभावकारी भएको हतुवागढी आँखा उपचार केन्द्रका प्रमुख विजय तामाङले बताए। उनले भने, ‘शिविरमा विज्ञ विशेषज्ञ डाक्टरहरूबाट उपचार हुने भएकाले शिविर प्रभावकारी छन्, यसले आर्थिक कारणले सेवा नपाएका नागरिकलाई सहजता दिएको छ।’
गाउँमै निःशुल्क आँखा परीक्षण, उपचार र शल्यक्रिया सेवा पाएपछि स्थानीयमा उत्साह देखिएको छ। शल्यक्रियापछि आँखा देख्न पाएका वृद्धवृद्धा खुसी भएका छन्।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...