Advertisement
Advertisement
Advertisement
Advertisement

नारीहरुको सुन मोह बहुमूल्य बन्दै, तोलाकै ९५ हजार पुग्नसक्ने

  |      15:51:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २३, काठमाडौं । नारीहरुको सोह्र श्रृगारमा पर्ने गहना मध्येकै लोकप्रिय मानिएको सुनको गहना अर्थात बहुमूल्य पहेँलो धातुको मूल्य अहिले नेपाली बजारमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । सुनलाई प्रतिष्ठा, सम्पन्नता  र महिला सौन्दर्यको कडिको रुपमा हेरिने नेपाली समाजमा सुनको मूल्यमा भएको अचाक्ली वृद्धिले हलचल मच्चाइदिएको छ । 

केही वर्ष अघिसम्म ६० हजार रुपैयाँ प्रतितोला रहेको सुुन मूल्य अहिले बढेर ७६ हजारको उच्चतम विन्दू समेत पार गरिसकेको छ।

सुनको मूल्य बढ्नुमा नेपालको आन्तरिक कारणले भन्दा बढी बाह्य कारणले प्रभाव पार्छ । किनभने नेपालमा आउने सुनको मूल्य अन्तराष्ट्रिय परिघटनाबाट प्रभावित हुने गर्छ । 

नेपाली बजारमा मात्रै नभएर अहिले सुनको मूल्य अन्तराष्ट्रिय रुपमै उकालो लाग्दैछ । जसको प्रमुख कारणको रुपमा इरान र अमेरीकाबीच सिर्जित सैन्य तनाव रहेको छ । 

अहिले इरान र अमेरिका युद्धको अवस्थाबाट गुज्रिरहेका छन् । इरानी सेनाले इराकमा रहेका अमेरिकी सेनाको बेस क्याम्पमा हमला गरेपछि तनाव झनै बढ्ने संकेत देखिएको छ । यस्तोमा विश्वभरका लगानीकर्ताले शेयरमा लगानी गरेको आफ्नो पैसा झिकेर सुरक्षित लगानीको रुपमा सुनमा खन्याइरहेका छन् । जसले गर्दा सुनको माग अत्यधिक बढिरहेको छ । अर्थशास्त्रीय नियमअनुसार सीमित मात्रामा सञ्चित रहेको सुनको मागलाई आपूर्तिले धान्न नसक्दा सुनको मूल्य ह्वात्तै बढ्न पुगेको हो ।

अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १६०० डलर पुगेको छ । जुुन सन् २०१३ मार्च यताकै उच्च हो । यदि अमेरिका र इरानबीचको सम्बन्धमा सुधार नआए सुनको मूल्य अझै बढ्नसक्ने प्रक्षेपण गर्न थालिएको छ। विश्लेषकहरुका अनुसार मूल्य बढेर प्रतिऔंस २००० डलरसम्म पुग्न सक्नेछ । यदि त्यसो भयो भने नेपालमा समेत सुनको मूल्य बढेर प्रतितोला ९५ हजार रुपैयाँको विन्दूमा पुग्नसक्नेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement