असोज १, काठमाडौं । नाइजेरियामा जलवायु परिवर्तनसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा महिलालाई केन्द्रमा राख्नुपर्ने आवाज उठेको छ। देशको राष्ट्रिय लैंगिक तथा जलवायु परिवर्तन कार्ययोजना २०२१–२०२५ को कार्यान्वयनसम्बन्धी मूल्यांकनले नीति भए पनि त्यसलाई प्रभावकारी रूपमा लागू गर्न आवश्यक बजेट, समन्वय र संस्थागत संयन्त्र कमजोर रहेको देखाएको छ।
महिला वातावरण कार्यक्रम र नाइजेरियाको संघीय वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन विभागले गरेको मूल्यांकन १२ राज्य र संघीय राजधानी क्षेत्रमा गरिएको थियो। मूल्यांकनले सम्बन्धित सरकारी निकायमा कार्ययोजनाबारे सीमित जानकारी, लैंगिक तथा जलवायु क्षेत्रका निकायबीच कमजोर समन्वय र कार्ययोजना कार्यान्वयनका लागि छुट्टै सार्वजनिक वित्तीय व्यवस्थाको अभाव औंल्याएको छ।
नाइजेरियाले सन् २०२१ मा लागू गर्दै कृषि तथा भूमि उपयोग, खाद्य सुरक्षा तथा स्वास्थ्य, ऊर्जा तथा यातायात, फोहोर व्यवस्थापन र पानी तथा सरसफाइजस्ता पाँच प्राथमिक क्षेत्रमा जलवायु नीति र लैंगिक विषयलाई जोड्ने लक्ष्य राखेको थियो।
मूल्यांकनमा महिलालाई लक्षित जलवायु(स्मार्ट कृषि, स्वच्छ खाना पकाउने प्रविधि, पुनःप्रयोग तथा रिसाइक्लिङमा महिलाको जीविकोपार्जन र लैंगिक उत्तरदायी जलवायु योजना जस्ता कार्यक्रम सञ्चालनमा रहे पनि ती सबैलाई अन्तर्गत समन्वित रूपमा अघि बढाउन नसकिएको उल्लेख छ।
त्यस्तै, कार्ययोजना कार्यान्वयनका लागि पर्याप्त सरकारी बजेट नहुँदा दातृ निकाय र गैरसरकारी संस्थामा निर्भरता बढेको मूल्यांकनले देखाएको छ। संघीय र राज्य तहबीच कमजोर समन्वय तथा स्थानीय तह र समुदायको सीमित सहभागितालाई पनि चुनौतीका रूपमा औंल्याइएको छ।
मूल्यांकनले लैंगिक आधारमा छुट्याइएको विश्वसनीय तथ्यांकको अभाव पनि प्रमुख समस्या भएको जनाएको छ। यसका कारण जलवायु कार्यक्रमबाट महिला, पुरुष तथा अन्य जोखिममा रहेका समूहले कति लाभ पाए भन्ने प्रभावकारी रूपमा मापन गर्न कठिन भएको बताइएको छ।
अब नाइजेरियाले आफ्नो तेस्रो राष्ट्रिय निर्धारित योगदान राष्ट्रिय अनुकूलन योजना र जलवायु वित्तका अवसरलाई प्रयोग गर्दै लैंगिक तथा जलवायु नीतिको कार्यान्वयन संरचना सुधार गर्नुपर्नेमा जोड दिइएको छ। प्रस्तावित ९२०२६–२०३०० लाई स्पष्ट लक्ष्य, सरकारी बजेट, लैंगिक आधारमा छुट्याइएको तथ्यांक, अपांगता समावेशिता र स्थायी समन्वय संयन्त्रसँग जोड्नुपर्ने सुझाव दिइएको छ।