माघ २८ काठमाडौं । खोटाङकी एक महिलाको मिलको फित्ता बेरिएर निधन भएको छ। कुटानी पिसानी मिलको फित्ता बेरिएर जिल्लाको जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानीकी ४५ वर्षीया कमला खड्काको निधन भएको हो।
स्थानीय प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार धान पिसाउन गाउँमै रहेको मिलमा गएकी खड्काको लुगा मिलको फित्तामा बेरिएर गम्भीर घाइते भएकी थिइन्। आइतबार दिउँसो भएको सो घट्नालगत्तै स्थानीयले उद्धार गरी उनलाई उपचाका लागि चिसापानी स्वास्थ्य केन्द्र पुर्याएका थिए।
तर, त्यहाँ उपचार गर्दैगर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै गरेको प्रहरीको भनाइ छ।
घट्नाबारे चौकी चिसापानी र जिल्ला प्रहरीले दुवैतर्फबाट अनुसन्धान सुरु गरेको छ।