Advertisement
Advertisement
Advertisement
Advertisement

कामपाले सुरु गर्‍याे प्रवर्द्धनात्मक स्वास्थ्य सेवा

  |      16:23:00   |  
कामपाले सुरु गर्‍याे प्रवर्द्धनात्मक स्वास्थ्य सेवा

माघ १, काठमाडौं। काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रियसभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरू गरेको छ। १०औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रम माघ ४ गतेसम्म हुने छ।

बिहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग संगीतसहित शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम हुने जनाइएको छ।

यस्तै, नसर्ने रोगसम्बन्धी कार्यशाला, विज्ञहरूसँग छलफल, अन्तरक्रिया, नसर्ने रोगको स्क्रिनिङ्, स्वास्थ्य तन्दुरूस्ती र पोषण परामर्श प्रवर्द्धनात्मक स्वास्थ्य सेवामा समेटिएको महानगरपालिकाले जनाएको छ।

कार्यक्रम शुभारम्भ गर्दै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले स्वास्थ्य रहन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित हुनुपर्ने बताए।

उनले भने, ‘पछिल्लो समय योगलाई हात र खुट्टा तन्काउने कलाका रूपमा बुझ्न थालिएको छ, योग त शारीरिक कलाभन्दा धेरै माथि तन र मन जोड्ने सशक्त माध्यम हो, स्वास्‍थ्य रहन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिकरूपमा सन्तुलित हुनुपर्छ, यो फल योग र ध्यानबाट प्राप्त गर्न सकिन्छ।’

कामपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले योग विज्ञानलाई विद्यालय तहको औपचारिक शिक्षामा समावेश गरेर यसको महत्वलाई ज्ञान र व्यवहारमा कार्यान्वयन गर्ने योजना बनाएको बताए।

स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सहरी जीवनशैली क्रमशः अस्वस्थकर खानपान र निष्क्रियतातर्फ उन्मुख भइरहेकोले यसबाट सिर्जना हुन सक्ने दीर्घ र नसर्ने रोगको जोखिमबाट बचाउन योग तथा स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिएको हो।

पछिल्लो समय जीवनशैलीसँग सम्बन्धित मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मस्तिष्कघात, अम्लपित्त, क्यान्सर, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपन, मोटोपनाजस्ता समस्याबाट मानव मृत्यु भइरहेको उनको भनाइ छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement