मंसिर ४, काठमाडौं । कञ्चनपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिदा श्रीमती घाइते भएकी छन् भने श्रीमानको मृत्यु भएको छ ।
उनले चलाएको सुपप्र ०२००४१ प २७०० नम्बरको स्कुटरलाई म २ प ७४५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु रस्कुटर पछाडि सवार कार्कीकी श्रीमती लक्ष्मी घाइते भएकी छन् । सोही अस्पतालमा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
स्कुटरलाई ठक्कर दिएपछि फरार भएका मोटरसाइकल चालक कञ्चनपुरकै वेदकोट नगरपालिका–१० बस्ने २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।