Advertisement
Advertisement
Advertisement
Advertisement

ओस्कारका लागि नेपालको प्रतिनिधित्व गर्दै ‘एलिफेन्ट्स इन द फग’

  |      12:31:00   |  
ओस्कारका लागि नेपालको प्रतिनिधित्व गर्दै ‘एलिफेन्ट्स इन द फग’

भदौ २८, काठमाडौं । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ९९औँ एकेडेमी अवार्ड्स ९ओस्कार० का लागि नेपालको आधिकारिक चलचित्रका रूपमा छनोट भएको छ। अविनाशविक्रम शाहको लेखन तथा निर्देशन रहेको यो चलचित्रले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको प्रतिस्पर्धामा प्रतिनिधित्व गर्नेछ। 

चलचित्रको कथा नेपालको एक गाउँमा बस्ने किन्नर समुदायकी मातृचरित्र पिरातीको वरिपरि केन्द्रित छ। पिराती आफूले माया गर्ने पुरुषसँग नयाँ जीवन सुरु गर्ने सपना देखिरहेकी हुन्छिन्। तर समुदायकी एक युवती हराएपछि उनलाई आफ्नो व्यक्तिगत चाहना र समुदायप्रतिको जिम्मेवारीमध्ये एउटा रोज्नुपर्ने अवस्था आउँछ। 

चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन बिश्वकर्मा, अलिज घिमिरेलगायत कलाकारको अभिनय छ। फिल्मको निर्माण नेपालसँगै फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको सहकार्यमा भएको हो। 

‘एलिफेन्ट्स इन द फग’ ले यसअघि २०२६ को कान्स फिल्म फेस्टिभलको ग्ल ऋभचतबष्ल च्भनबचम विधामा जुरी पुरस्कार जितेको थियो। कान्सको आधिकारिक छनोटमा पर्ने यो पहिलो नेपाली फिचर फिल्म बनेको थियो। 

फिल्मले किन्नर समुदायले भोग्ने सामाजिक विभेद, समुदायभित्रको सम्बन्ध, जिम्मेवारी र स्वतन्त्रताको चाहनालाई कथाको केन्द्रमा राखेको छ। पिरातीको चरित्रमार्फत आफ्नो समुदायको संरक्षण र व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्वलाई चलचित्रले प्रस्तुत गरेको छ। 

९९औँ ओस्कारका लागि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएसँगै चलचित्रले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा थप चिनाउने अपेक्षा गरिएको छ। यसअघि कान्समा प्राप्त सफलतापछि ओस्कार यात्राले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने अर्को महत्वपूर्ण अवसर सिर्जना गरेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement