Advertisement
Advertisement
Advertisement
Advertisement

एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्धार

  |      13:03:00   |  
web image
web image

साउन १४, खोटाङ । एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ । घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगरउपप्रमुख विमला राईको पहलमा मङ्गलबार उद्धार गरेर उपचारका लागि गाडीमार्फत काठमाडौँ पठाइएको हो । 

रुखबाट लडेको दिनदेखि कम्मरमुनिको भाग चल्न छाडेपछि ओछ्यानमा थलिएकी उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले उद्धार गरेर उपचारमा पठाइएको नगरउपप्रमुख राईले बताउनुभयो । “समयमै जानकारी पाएको भए चीनमायालाई अलि छिटो उपचार गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “ढिलै भए पनि उनलाई गाडी रिजर्भ गरेर राजधानी काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ । मलाई चिकित्सा विज्ञानसँग भरोसा छ । उनको रोग निको हुनेछ ।”

रुखबाट लडेर रुखमै अड्किरहेकी अवस्थामा चीनमायालाई स्थानीय बासिन्दाले उद्धार गरेर घरमा लगेलगत्तै थलापरेकी उनको शरीर अहिले अनौठो देखिएको छ । शरीरमा छाला र हड्डी मात्र देखिने उनको पेट भासिएर रित्तो भाँडोजस्तै देखिएको छ । उद्धार गरेर घरमा पु¥याउनासाथ ओछ्यान परेकी उनी एकाएक बोल्न छाडेकी थिइन् । उनको कम्मरमुनिको भाग पूर्णरूपमा चल्न छोड्यो । हिँड्न र बोल्न छाडिन् । उपचार गर्न ओखलढुङ्गा र काठमाडौँसम्म पु¥याइए पनि चिकित्सकले केही नभएको र ग्यास्ट्रिकको लक्षण देखिएको प्रतिक्रिया दिएका थिए ।  

ओखलढुङ्गा र काठमाडौँमा उपचार सम्भव नभएपछि घरमा ल्याएर धामी÷झाँक्री अनि सामान्य घरायसी उपचार गराउँदा उनको बोली फुटेको पारिवारिक स्रोतले जनाएको छ । घरायसी उपचारपछि राम्ररी बोल्न र बाहिरी कुराको बारेमा होस राख्नसक्ने भए पनि शरीर नचल्दा दिनानुदिन उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हो ।  

घरायसी उपचारपछि उनले खानेकुरा खाए पनि पाचन प्रक्रियामा नपुगी मुखबाट खाएको खाना मुखबाटै फर्किने गरेको चीनमायाकी आमा खड्गमाया अधिकारी खत्रीले बताउनुभयो । “खाना जति खाए पनि पेटमा अडिन्न”, उहाँले भन्नुभयो, “खाएको कुरा जस्ताको तस्तै फर्किन्छ । तर उनी खान भने कहिले अल्छी गर्दिनन् । भोक अति नै लाग्छ र खान्छिन् पनि । तर भरिने भाँडो सधैँ खाली र रित्तो हुने गरेको छ ।”

चीनमायाका बुबा रामबहादुर अधिकारी खत्रीले कान्छी आमा ल्याएर अर्कै घरमा बसेपछि आमा खड्गमाया अहिले सबै काम छाडेर छोरीको स्याहार÷सुसारमा दिनरात बिताउँदै आउनुभएको छ । बिरामी छोरी चीनमायाको स्याहार÷सुसारमा दिनरात खटिनुभएकी आमा खड्गमायाले उनको उपचारमा आवश्यक रकम सहयोग गरिदिन सहयोगदाता सबैसँग अपिल गर्नुभएको छ । 

आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर सिकिस्त बिरामी परेकी चीनमायाको जीवनरक्षाका लागि सबैको सहयोग आवश्यक रहेको उनका छिमेकी एवं नेपाली काँग्रेसका युवानेता राजकुमार राईले बताउनुभयो । युवानेता राईका अनुसार रामबहादुरकी जेठी श्रीमती खड्गमायापट्टि दुई छोरा र दुई छोरी छन् । बिरामी चीनमाया जेठीपट्टिकी कान्छी छोरी हुन् । उनीपट्टिका जेठा दाजु र ठूली दिदीको विवाह भइसकेको जनाइएको छ । यो खबर राससले प्रकाशित गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement