भदौ ३१, काठमाडौं । नाइजेरियाको सोकोटोमा अपांगता भएका किशोर–किशोरी तथा युवालाई लैंगिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे सचेतना प्रदान गरिएको छ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ९ग्ल्ँएब्० ले आयोजना गरेको कार्यक्रममा सहभागीहरूलाई लैंगिक हिंसा रोकथाम, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सकारात्मक पुरुषत्व तथा महिनावारी स्वच्छताका विषयमा जानकारी दिइएको हो।
कार्यक्रमले अपांगता भएका किशोर–किशोरी तथा युवालाई लैंगिक हिंसाको जोखिम पहिचान गर्न, आफ्नो अधिकारबारे जानकारी लिन र आवश्यक परे सहयोग तथा सेवा खोज्न सक्षम बनाउने उद्देश्य राखेको जनाइएको छ।
कार्यक्रममा अपांगता भएका व्यक्तिहरूले स्वास्थ्य तथा संरक्षणसम्बन्धी सेवामा पहुँच पाउन अझै विभिन्न अवरोध सामना गरिरहेको विषयमा पनि जोड दिइएको थियो। सहभागीहरूलाई लैंगिक हिंसाविरुद्ध आवाज उठाउन तथा सुरक्षित र सम्मानजनक वातावरण निर्माणमा योगदान गर्न प्रोत्साहित गरिएको छ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी र सेवामा सबैको समान पहुँच सुनिश्चित गर्नु आवश्यक रहेको बताउँदै आएको छ।