Advertisement
Advertisement
Advertisement
Advertisement

दृष्टिविहीनका लागि आवाजबाट चल्ने ब्रेल प्रिन्टर बनाइन् इन्जिनियरिङ विद्यार्थी हिमजा

  |      00:00:00   |  
web image
web image

असोज ४, काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित पश्चिम गोदावरीकी इन्जिनियरिङ विद्यार्थी लिङ्गमपल्ली हिमजाले दृष्टिविहीन व्यक्तिका लागि आवाजबाट सञ्चालन हुने ब्रेल प्रिन्टर विकास गरेकी छन्। उनले तयार पारेको ‘रुद्र’ नामक उपकरणले दृष्टिविहीनलाई ब्रेल लेखन तथा पढाइमा सहजता दिने उद्देश्य राखेको छ।

श्री विष्णु महिला विश्वविद्यालय, भीमावरममा बीटेकको चौथो वर्षमा अध्ययनरत हिमजाले करिब दुई वर्षअघि दृष्टिविहीन विद्यार्थीको विद्यालय भ्रमण गर्दा यो प्रविधिको अवधारणा विकास गरेकी हुन्। त्यहाँ एक विद्यार्थीले ब्रेल लेख्न कागजमा स्टाइलसले थोप्ला बनाइरहेको देखेपछि उनले आवाजलाई अक्षरमा रूपान्तरण गरेर ब्रेल लेख्न सकिने प्रविधिबारे सोच्न थालेकी थिइन्।

सुरुमा उनले आवाज इनपुटका लागि एलेक्सा प्रविधिको प्रयोग गर्दै प्रयोगात्मक नमुना तयार पारेकी थिइन्। पछि बटनबाट सञ्चालन हुने प्रारम्भिक नमुनालाई परिमार्जन गर्दै आवाजबाट सञ्चालन हुने ‘रुद्र’ प्रिन्टर विकास गरिन्। यसले कागजमा उठेका ब्रेल अक्षर उत्पादन गर्छ, जसलाई प्रयोगकर्ताले स्पर्शमार्फत पहिचान गर्न सक्छन्।

यो परियोजना पूरा गर्न हिमजालाई करिब १८ महिना लागेको थियो भने निर्माणमा करिब १ लाख ५० हजार भारतीय रुपैयाँ खर्च भएको थियो। हालको प्रोटोटाइपलाई विद्यार्थीका लागि करिब ५० हजार रुपैयाँ लागतमा निर्माण गर्न सकिने गरी परिमार्जन गर्ने उनको योजना छ। साथै, उपकरणलाई अझ सानो, हलुका र सजिलै बोक्न सकिने बनाउने काम पनि भइरहेको छ।

हिमजाको यो नवप्रवर्तनले भारतमा व्बmभक म्थकयल ब्धबचम समेत प्राप्त गरेको छ। पुरस्कारसँगै उनले ६ लाख भारतीय रुपैयाँ नगद पुरस्कार पाएकी छन् र अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेकी छन्।

हिमजाले दृष्टिविहीन विद्यार्थीका लागि ‘रुद्र’लाई अझ उपयोगी बनाउने लक्ष्य राखेकी छन्। उनको यो प्रयास प्रविधिमार्फत अपाङ्गता भएका व्यक्तिको शिक्षा र दैनिक जीवनलाई थप सहज बनाउने उदाहरणका रूपमा आएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement