Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल–कोरियामैत्री अस्पताल कोरोनाको तेस्रो लहरको तयारीमा

  |      11:01:00   |  
web image
web image

असार २७, काटमाडौं कोभिड–१९ को तेस्रो लहर आउनसक्ने जोखिम बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल मध्यपुरथिमिले त्यसको तयारी थालेको छ । 

अस्पतालले दोस्रो लहरको महामारीसँग जुध्दै तेस्रो लहरका लागि तयारी शुरु गरेको अस्पताल सञ्चालन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

स्वास्थ्य विज्ञहरुले तेस्रो लहर आउने र त्यसको तयारी गर्नुपर्ने बताउँदै आएको तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले तेस्रो लहरको तयारी गर्न अस्पताललाई आह्वान गरेका छन् । यसअघि नै अस्पतालले तेस्रो लहरबाट सङ्क्रमित बालबालिकासहितको उपचारमासमेत ध्यान दिँदै अस्पतालले तयारी थालेको हो ।

नेपालमा पनि कोरोना भाइरसको डेल्टा भेरियन्टको नयाँ म्युटेसन देखापरिसकेको र यो थप सङ्क्रामक रहने भएकाले सङ्क्रमित बिरामीको उपचारमा ध्यान दिँदै अस्पतालले आवश्यक स्वास्थ्य सामग्री ल्याउने, शय्या थप गर्नेलगायत आवश्यक तयारी शुरु गरेको हो ।

समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठका अनुसार अस्पतालले आइसीयू, एचडीयू, भेन्टिलेटर र शय्या थप्ने काम धमाधम भइरहेको बताए । कोरोनाको दोस्रो लहरमा अस्पतालले १६ शय्याको आइसीयूसहित १०२ शय्या सञ्चालन गरेकामा अब थप शय्या व्यवस्थित गर्ने भएको छ । नगरप्रमुख श्रेष्ठले भने, “कोरोना भाइरसको तेस्रो भेरियन्टको तयारीमा हामी जुटिसकेका छौँ, अहिले अस्पतालको प्रशासकीय भवनलाई माथिल्लो तलामा सारेर त्यसमा बच्चाका लागि कोभिड वार्ड बनाउन शुरु गरेका छौँँ, उमेरअनुसार ठूला–साना बच्चाका लागि नौवटा आइसीयूसहितको बच्चाको कोभिड वार्ड बनाउँदैछौँ ।”

अस्पतालले कोरोना भाइरस परीक्षणको दायरा बढाउने गरी पिसिआर मेसिनसमेत थप गर्ने भएको छ । हाल दुईवटा पिसिआर मेसिन सञ्चालनमा रहेको यस अस्पतालमा अब अर्को मेसिन थप गर्न लागेको उनले बताए ।

अस्पतालमा रु १३ करोडको लागतमा रेडियोलोजी भवनसमेत निर्माण भएको छ । प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठमार्फत आएको वाग्मती प्रदेश सरकारको रु ५० लाख बजेट र नगरपालिकाको रु ३५ लाख बजेटमा रेडियोलोजी सेवा सञ्चालन गर्न भवन निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । हाल दोस्रो तलाको ढलान सम्पन्न भएको छ ।

तत्कालै त्यसलाई तयारी गर्दै दुईवटा तलामा अस्पतालले रेडियोलोजी, एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब सेवा मेमोग्राम मेसिन सञ्चालन गर्दै मुटुका बिरामीको समेत उपचार शुरु गर्ने भएको हो । यी सेवा सञ्चालन गरेपछि यहाँका बिरामीलाई काठमाडौँ भौँतारिनुपर्ने अवस्था नआउने उनले दाबी गर्नुभयो । मिर्गौलाका बिरामीलाई ध्यानमा दिँदै अस्पतालले थोरै शय्यामा डायलासिस सेवासमेत सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले यसअघि पनि भक्तपुरमै पहिलोपटक पिसिआर मेसिन सञ्चालनमा ल्याउनुका साथै अक्सिजन प्लान्ट स्थापना गरी आफैँले उत्पादन शुरु गरेको थियो ।

जनप्रतिनिधि आएपछि नगरपालिकाले सम्पूर्ण स्वामित्व लिँदै नगरप्रमुखको अध्यक्षतामा अस्पताल सञ्चालक समिति गठन गरेपछि यसको मुहार फेरिएको हो । विगतमा वार्षिक रु १० लाख स्थानीय विकास मन्त्रालयले बजेट पठाउँदै आए पनि जनप्रतिनिधि आएपछि सरकारको कुनै पनि निकायको अस्पताल सञ्चालनतर्फ बजेट आएको छैन । मन्त्रालयले दिँदै आएको बजेटसमेत काटेपछि नगरपालिका आफैँले बजेटको व्यवस्थापन गर्दै अस्पताल सञ्चालन गरेको छ ।

स्थानीय सरकारबाट सञ्चालित नेपालकै पहिलो अस्पतालका रूपमा रहेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा जनप्रतिनिधि आएसँगै कर्मचारी र स्वास्थ्यकर्मीको तलब मात्रै वृद्धि भएन, गुणस्तरीय एवं सुलभ सेवाका कारण अस्पतालमा बिरामीको चापसमेत अत्यधिक बढेको छ ।

आफ्ना नागरिकका लागि सबै उपचार यहीँबाट दिने लक्ष्यका साथ सेवा विस्तार गर्दै आएको अस्पतालले मध्यपुरथिमिका सबै नागरिकलाई स्वास्थ्य बीमामा ल्याउन अनुदानको समेत व्यवस्था गरेको छ । अस्पतालमा मध्यपुरथिमि नगर क्षेत्रबाहेक भक्तपुर जिल्ला र पूर्वका विभिन्न जिल्लाका बासिन्दाले उपचार पाउँदै आएका छन् ।

- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement