Advertisement
Advertisement
Advertisement
Advertisement

नर्भिकद्वारा अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रियाको सुरुआत

  |      10:39:00   |  
Web : Image
Web : Image

चैत १७, काठमाडौं । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन। अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प नभई शल्यक्रियाको खोजीमा विदेश जाने नेपाली बिरामीहरुको संख्या बढ्दो छ। तर, अब यो बाध्यता हटेको छ। 

काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालले विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने अत्याधुनिक शल्यक्रिया सेवाको थालनी गरेको हो। जर्मन र ताइवानबाट विशेष तालिम प्राप्त गरी स्वदेश फर्किएका नेपाली चिकित्सकहरुको सहयोगमा नर्भिकले यो सेवाको सुरुआत गरेको हो। 

उच्चतम अत्याधुनिक प्रविधिको प्रयोग गरी नर्भिकमा डा। किशोर भण्डारी र डा। मनीष बज्राचार्यको टिमले यस्तो शल्यक्रिया सेवा दिन सुरु गरेको हो। यस्तो सेवा नेपालका कुनै पनि अस्पतालले उपलब्ध गराएका छैनन्। 

असामान्य देखिने अनुहारको आकृति आधुनिक प्रविधिको प्रयोगबाट शल्यक्रियामार्फत मिलाउने यस्तो सेवा उपलब्ध गराउने नर्भिक देशकै पहिलो अस्पतालसमेत हो। 

के हो अनुहारको असामान्य आकृति ?

अनुहारको माथिल्लो र तल्लो हड्डीबीचको सन्तुलन कायम नहुँदा देखिने असामान्य आकृतिलाई फेसियल डिफर्मिटिज भनिन्छ। यसको शल्यक्रियाद्वारा गरिने उपचार विधिलाई यचतजयनलबतजष्अ कगचनभचथ  भनिन्छ। 

शारीरिक विकास हुने क्रममा अनुहारका हड्डीबीचको सन्तुलन कायम नहुँदा विभिन्न प्रकारका फेसियल डिफर्मिटिज उत्पन्न हुन सक्छन्। जस्तै– अनुहारको माथिल्लो भागको हड्डी चाहिने मात्रामा विकास नहुनु, तल्लो भागको हड्डी अस्वभाविक रुपले धेरै विकास हुनु, च्युँडो बाङ्गिएर अनुहारको आकृति असामान्य हुनु, माथि र तलको दाँतको समन्वय नमिल्दा मुख बन्द नहुनु आदि। यसको अलावा बाल्यकालमा अनुहारमा लागेका चोटपटककको सही उपचार नहुँदा पनि युवा अवस्थामा अनुहारको बनावट असामान्य रुपले विकास हुन सक्छ। 

कस्तो असर गर्छ ?

यस प्रकारको अवस्थाले गर्दा अनुहारको आकृति असामान्य हुनुका साथै दैनिक क्रियाकलापमा समेत भौतिक र मानसिक असर देखिने गर्दछ। उदाहरणका लागि राम्ररी खाना चपाउन नसक्नु, बोली स्पष्ट नहुनु, बोल्दा थुक बाहिर उछिट्टिनु, अनुहारको मांशपेसीमा अत्यधिक दबाब पर्न गई अनुहारको जोर्नीमा नकारात्मक असर पर्नु, श्वासप्रश्वास नली साँघुरिएर निद्रामा असर पर्नु, अनुहारको असामान्य आकृतिले गर्दा आत्माविश्वासको कमी हुनु आदि। 

कसरी गरिन्छ उपचार ?

डा। किशोर भण्डारीका अनुसार सामान्यतया यस्तो अपरेसनअघि दाँतमा ब्रेसेज बाँधिन्छ र अपरेसनद्वारा अनुहारको माथिल्लो र तल्लो हड्डीलाई नयाँ पोजिसनमा सारी टाइटेनियम प्लेट्स र स्क्रुले फिक्स गरिन्छ। सम्पूर्ण शल्यक्रिया मुखभित्रबाट गरिन्छ, जसले गर्दा अनुहारमा कुनै पनि प्रकारको दाग देखिँदैन। यस्तो शल्यक्रिया अवधि ४–६ घन्टाको हुन्छ। शल्यक्रियापछि धेरैमा ३ दिनमात्र अस्पताल बस्नुपर्ने हुन्छ। बिरामीले काम, पढाइ वा दैनिक कामबाट १–२ हप्तासम्मका लागि बिदा लिनुपर्ने हुन्छ। ६ हप्तासम्म झोलिलो खानेकुरामात्र खानुपर्छ। शल्यक्रियाको २–३ हप्तापछि ब्रेसेज बाँध्ने काम सुरु हुन्छ र यो प्रक्रिया ६ महिनादेखि डेढ वर्षसम्म जारी रहन्छ। 

नर्भिकमा यस खालको शल्यक्रियामा संसारभरिमै उत्कृष्ट मानिने भर्चुअल सर्जिकल प्लानिङ (भीएसपी) अर्थात कम्प्युटरको सहायताले अनुहारको बनौट निक्र्यौल गरिने आधुनिक तथा उच्चतम प्रविधि प्रयोगमा ल्याएको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement