Advertisement
Advertisement
Advertisement
Advertisement

डब्ल्यूएचओले सार्वजनिक गर्यो खानपानका ५ टिप्स्, व्यवहारमा लागू गर्नुस् र स्वस्थ रहनुस्

  |      14:54:00   |  
डब्ल्यूएचओले सार्वजनिक गर्यो खानपानका ५ टिप्स्, व्यवहारमा लागू गर्नुस् र स्वस्थ रहनुस्

बैशाख २८, काठमाण्डौ । कोरोनाभाइरसको महामारीबीच अहिले विश्वभर थुप्रै बदलाव आएका छन्। कामकाज, सरसफाइदेखि लिएर खानपानका तौरतरिकामा परिवर्तनहरु आइरहेका छन्।


अहिले मानिसको प्राथमिकता स्वास्थ्य र स्वच्छ खानपानमा बढी केन्द्रित भइरहेको छ। हिजोआज खानपाकै कारण पनि कोरोना संक्रमण बढ्न सक्ने त्रास पनि धेरैमा फैलिएको देखिन्छ। त्यसैले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आज आइतबार सुरक्षित खानपानका विषयमा ५ टिप्स् सार्वजनिक गरेको छ। 

ती यस प्रकार छन् –


१। सधै स्वच्छ रहनुस्

खाना बनाउनुअघि र बनाएपछि हात अवश्य धुनुहोस्। खाना बनाउने ठाउँ, चुलो र भाँडाकुँडा राम्ररी धुनुहोस् र तिनलाई सेनिटाइज्ड गर्नुहोस्। भान्सामा किराफट्यांग्रा र अन्य जनावर छिर्नबाट रोक्नुहोस्।

यदि खाना पकाउनुअघि वा खानाखानुअघि ट्वाइलेट जानुभएको छ भने हात राम्ररी धुनुहोस्।

यो किन आवश्यक ?

विशेष गरी सूक्ष्म जीवबाट कुनै बिरामी फैलिँदैन तर यिनमा यस्तो केही खतरनाक जीवन हुन्छन् जुन माटो, पानी, जनावर र मानिसमा व्यापक रुपमा पाइन्छ। यी सूक्ष्म जीव हाम्रो हात, सरसफाइमा प्रयोग हुने कपाड, भाँडा, कटिङ ९चपिङ० बोर्डमा मौजुद हुन्छन्। यदि खानपानका वस्तुमा यी जीवको थुप्रै पहुँच पुग्यो भने यसबाट बिरामी पर्न सकिने खतरा बढी हुन्छ।

२। काँचो भोजन वा वस्तु पकेकाबाट टाढै राख्नुस्

पोल्ट्री उत्पादन, सीफुड ९माछा० खानखनाका अन्य वस्तुबाट टाढै राख्नुहो। काँचो भोजनका लागि छुट्टै चक्कु र कटिङ बोर्ड प्रयोग गर्नुहोस्।

तयार खाना र काँचो भोजनबीच कुनै किसिमको सम्पर्क हुन नदिनहोस्। त्यसका लागि छुट्टाछुट्टै भाँडामा राख्नुहोस्।

यो किन आवश्यक ?

काँचो भोजन विशेषगरी मासु, पोल्ट्री उत्पादन र माछामा यस्ता खतरनाक शूक्ष्म जीवन हुन सक्छन् जसले पाकेका अन्य भोजनमा संक्रमण फैलाउन सक्छ। 

३। खाना पूर्ण रुपमा पकाउनुस्

विशेषगरी पोल्ट्री उत्पादन, अन्डा र माछा, मासुलाई राम्ररी पकाएरमात्र खानुहास्। कुनै प्रकारका सुप पनि निश्चित तापमान जस्तै ७० डिग्री सेल्सियसम्म अवश्य उमाल्नुहोस्। मासु वा माछा मज्जाले पकाएरमात्र उपभोग गर्नुहोस्। पाकिसकेको खाना यदि खानलाई ढिला भएर चिसो भएको खण्डमा पुनः तताएरमात्र खानुहोस्।

यो किन आवश्यक ?

यदि खाना राम्ररी पकाउने हो भने त्यसमा रहेका सूक्ष्म जीव पूर्ण रुपमा नष्ट हुन्छन्। रिसर्चका अनुसार ७० डिग्री सेल्सियसको तापमान खाना पकाउनु सुरक्षित र खानलायक हुन्छन्। यसका लागि किमा वा कुखुराको मासु पकाउँदा विशेष ध्यान दिनुपर्छ।

४। सुरक्षित तापमानमा भोजन सुरक्षित राख्नुस्

पाकिसकेका खानेकुरा कोठाको सामान्य तापक्रममा दुई घन्टाभन्दा लामो समयसम्म नराख्नुहोस्। तयार खाना वा विशेषगरी छिटै बिग्रिने खानेकुरा ५ डिग्री सेल्सियसभन्दा कम तापमानमा फ्रिजभित्र राख्नुहोस्। 

त्यसपछि त्यस्ता खाना खानुअघि भोजनलाई ६० डिग्री सेल्सियस तापमानमा तताउनुहोस्। त्यसो त फ्रिजमा धेरै समय खाना राख्नु राम्रो हुँदैन।

फ्रोजन फुड अर्थात जम्ने खानेकुरा सामान्य तापक्रममा पग्लिन ठाउँमा नराख्नुहोस्।

यो किन आवश्यक ?

पाकेका खानेकुरा कोठाको सामान्य तापक्रममा राख्दा त्यसमा सूक्ष्मजीव तीव्रगतिमा विकास हुन सक्छन्। ५ डिग्रीभन्दा कम र ६० डिग्री सेल्सियसभन्दा बढी तापमानमा सूक्ष्म जीवनको विकास या त रोकिन्छ वा सुस्त हुन्छ। 

यद्यपि केही यस्ता खतरनाक सूक्ष्मजीवन पनि हुन्छन् जुन ५ डिग्रीभन्दा कम तापममा पनि विकास हुन्छन्। 

५। सफा पानी र स्वच्छ भोजन सामग्री

सकभर सफा पानीको प्रयोग गर्नुहोस्। यदि सम्भव छैन भने त्यसलाई प्रशोधन वा तताएरमात्र उपभोग गर्नुहोस्। 

ताजा र पौष्टिक खाद्यवस्तु उपभोग गर्नुहो। यस्तो भोजन उपभोग गर्नुहोस् जुन सुरक्षित प्रोसेसिङ गरिएको होस्। जस्तै पाश्चुराइज्ड दूध।

फलफूल वा सब्जियहरु अवश्य धुनुहोस्। विशेषगरी पकाउनु वा उपभोग गर्नुअघि। 
बजारमा पनि प्याकेटका खानेकुराहरु जसको म्याद सकिएको उपभोग नगर्नुहोस्। बजारमा सामान्य किन्दा अवश्य उपभोग्य मिति हेर्नुहोस्।

यो किन आवश्यक ?

पानी वा बर्फजस्ता वस्तुमा यस्ता सूक्ष्म जीवन वा केही नोक्सानी पुर्याउने तत्व हुन सक्छन्। खराब र बासी खानेकुरामा विभिन्न रोग निम्याउने ब्याक्टिरिया विकास भएका हुन सक्छन्। 

उपभोग्य वस्तु प्रयोग गर्दा यस्ता वस्तुमा विशेष ध्यान दिनुहोस्, जसलाई पानीले पखाल्दा वा छोड्याउँदा सामान्य खतरालाई कम गर्न सकियोस्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement