Advertisement
Advertisement
Advertisement
Advertisement

बहिरङ्गबाहेकका सेवा दिँदै प्रसूति गृह

  |      13:19:00   |  
बहिरङ्गबाहेकका सेवा दिँदै प्रसूति गृह

► सञ्चिता घिमिरे
 चैत १३, काठमाडौँ । सरकारले देशभर ‘लकडाउन’ गरिरहे पनि  थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ९प्रसूति गृह० मा सुत्केरी हुने महिलाको सङ्ख्या भने कम भएको छैन ।  ‘लकडाउन’का कारण यातायातको असुविधा भए पनि एम्बुलेन्स, ट्याक्सी र निजी गाडीबाट अस्पताल आइरहेकाले अहिले पनि दैनिक झन्डै सय महिलाले सन्तानलाई जन्म दिएका छन् । बहिरङ्ग सेवा बन्द भए पनि आकस्मिक सेवा र भर्ना हुने बिरामी नियमित जति नै भएको अस्पतालका निर्देशक डा जगेश्वर गौतमले बताउनुभयो । अस्पतालले कार्यरत कर्मचारीलाई मास्क, सेनिटाइजरलगायत आवश्यक सामग्री उपलब्ध गराएर नियमित काममा लगाएको छ । अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक कुराको अभाव नभएको उहाँले बताउनुभयो । 

कुरुवा र बिरामीलाई अस्पताल हाताभित्र छिर्दा साबुन पानीले हात धुने व्यवस्था मिलाएको छ । कुरुवालाई भीड नगर्न भनिएको र एक बिरामीलाई एक कुरुवा बस्न भनिएको छ । अस्पतालले पहिले एउटै सेवा दिने गरेकामा अहिले तीन छुट्टाछुट्टै स्टेशनको व्यवस्था गरेको छ । पहिलोमा सामान्य, दोस्रोमा रुघा खोकी र तेस्रो वार्डमा कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ । प्रसूति सेवा लिन आएका महिलालाई सङ्क्रमण भए पनि प्रसूति सेवा लिनका लागि अरु बिरामीभन्दा टाढा तीन श्ययाको स्टेशन बनाइएको छ । उहाँले भन्नुभयो, “कोभिड–१९ का सङ्क्रमित महिला आउँदा पनि उबाट अरुमा सर्न नपाओस् भनी छुट्टै श्ययाको व्यवस्था गरिएको हो ।”

जुनसुकै गर्भवती सङ्क्रमित पाइएमा पहिले टेकु नै पठाइने निर्देशक डा गौतमले बताउनुभयो । नौ महिनाको र सुत्केरी हुने अवस्थामा पुगेका महिलालाई भने यहीँ छुट्टै श्ययामा राखेर प्रसूति सेवा दिइनेछ । उहाँले भन्नुभयो, “आठ महिनासम्मका महिलामा सङ्क्रमण देखिएमा समस्या गर्भभन्दा पनि रोग भएकाले त्यसको पहिले उपचारका लागि पठाइनेछ ।”अस्पतालमा कुनै पनि समयमा कोभिड–१९ सङ्क्रमित आउन सक्ने भएकाले आवश्यक तयारी गरिएको अस्पतालका निर्देशक गौतमले  बताउनुभयो । हालसम्म तीन श्ययाको मात्रै व्यवस्थापन गरिए पनि आवश्यकतानुसार आगामी दिनमा थप गर्न सकिने अस्पतालले जनाएको छ । 

थापाथलीमा ‘आइसोलेसन’ मा राख्न पर्याप्त स्थान नभएकाले अस्पतालको कुपण्डोलस्थित नयाँ भवनमा व्यवस्था मिलाइने उहाँले बताउनुभयो । त्यसका लागि आवश्यक स्थानसँगै जनशक्ति र स्रोत व्यवस्थापनको तयारी भइरहेको  छ । उहाँले भन्नुभयो, “आवश्यक भएमा नयाँ भवनमा १५० जनासम्म व्यवस्थापन गर्न सकिनेछ ।”यो रोग विश्वमा नै नयाँ भएकाले गर्भवती महिलामा कत्तिको चाँडो असर गर्छ भनी अध्ययन भइसकेको छैन । तैपनि ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई जस्तै गर्भवतीलाई असर गर्ने सम्भावना रहेको बताइएको छ । उहाँले भन्नुभयो, “नयाँ रोग भएकाले बच्चा र आमामा पार्ने रोगको विस्तृत अध्ययन भने हुन सकेको छैन ।”‘लकडाउन’ शुरु भएको दिनदेखि नै नियमित जाँच रोकेर अरु सेवा दिइएको अस्पताल प्रशासनले जनाएको छ । नियमित जाँचका लागि आउने गर्भवती महिलालाई पहिले खाँदै आएको औषधि नियमित खाएर अप्ठ्यारो पर्दा मात्रै आउन भनिएको अस्पतालका प्रशासन प्रमुख रानु थापाले बताउनुभयो । 

आकस्मिक कक्षमा बिरामीलाई आवश्यक सेवा दिइरहेको र भर्ना लिनुपर्ने बिरामीलाई लिने गरिएको उहाँले बताउनुभो । उहाँले भन्नुभयो, “गर्भवती महिलालाई एकातिर सवारी साधन नहुँदा आउन कठिन र अर्कातिर सङ्क्रमण हुने खतरा भएकाले अप्ठ्यारो नहुँदासम्म नआउनु भनिएको हो । ”सरकारले देशभर ‘लकडाउन’ गरिरहे पनि  थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ९प्रसूति गृह० मा सुत्केरी हुने महिलाको सङ्ख्या भने कम भएको छैन ।  ‘लकडाउन’का कारण यातायातको असुविधा भए पनि एम्बुलेन्स, ट्याक्सी र निजी गाडीबाट अस्पताल आइरहेकाले अहिले पनि दैनिक झन्डै सय महिलाले सन्तानलाई जन्म दिएका छन् । बहिरङ्ग सेवा बन्द भए पनि आकस्मिक सेवा र भर्ना हुने बिरामी नियमित जति नै भएको अस्पतालका निर्देशक डा जगेश्वर गौतमले बताउनुभयो । अस्पतालले कार्यरत कर्मचारीलाई मास्क, सेनिटाइजरलगायत आवश्यक सामग्री उपलब्ध गराएर नियमित काममा लगाएको छ । अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक कुराको अभाव नभएको उहाँले बताउनुभयो । 

आकस्मिक कक्षमा बिरामीलाई आवश्यक सेवा दिइरहेको र भर्ना लिनुपर्ने बिरामीलाई लिने गरिएको उहाँले बताउनुभो । उहाँले भन्नुभयो, “गर्भवती महिलालाई एकातिर सवारी साधन नहुँदा आउन कठिन र अर्कातिर सङ्क्रमण हुने खतरा भएकाले अप्ठ्यारो नहुँदासम्म नआउनु भनिएको हो । ”

रासस

Share this with your friends:

Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement