Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाभाइरसको रोकथाम; टाढैबाट नमस्कार, भीडभाडमा नजाऔँ सकभर

  |      10:04:00   |  
Symbolic Image
Symbolic Image

काठमाण्डौ,२३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय/शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ।

मन्त्रालयले विद्यालय/शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन सङ्क्रमणबाट बच्ने उपायबारे सचेत गराउने, कक्षा शिक्षकले विद्यार्थीलाई हरेक दिन कोरोना भाइरसबारे सूचना तथा जानकारी उपलब्ध गराउने, सङ्क्रमणबाट बच्ने उपाय सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसबारे पढ्न र छलफल गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नेलगायत आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गर्नुभएको सो अपिलमा कोरोना भाइरससम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतका वेबसाइटको ठेगानाबारे जानकारी दिएर सबै विद्यार्थीलाई सूचित हुने अवस्था सिर्जना गर्न, स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरेको छ। 

यसैगरी भीडभाड भएको ठाउँमा सकभर नजाने, राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवं खानेकुरा नखाने, साबुन पानीले पटकपटक राम्ररी हात धुने, खानाखाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुने,  हात नमिलाउने, अङ्कमाल नगर्ने, टाढैबाट नमस्कार गर्ने गर्न पनि सो अपिलमा भनिएको छ। 

कुनै विद्यार्थीलाई ज्वरो रुघा खोकी देखिएमा विद्यालय/शिक्षण संस्थामा तत्काल अन्य विद्यार्थीहाट अलग्गै राख्न, अभिभावकलाई तत्काल सम्पर्क गरी सुरक्षित तरीकाले जिम्मा लगाउन, नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरुको सल्लाहअनुसार उपचार गर्ने गराउन, ज्वरो र रुघा(खोकी लागेका विद्यार्थी र तीनका परिवारका अन्य व्यक्तिलाई घरमा सुरक्षित तवरले अलग्गै ठाँउमा राख्न पनि भनिएको छ। 

विश्वव्यापी सो सङ्क्रमणको स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रमजस्ता समारोह आयोजना नगर्न, सामूहिक पिकनिक वा शैक्षिक भ्रमणजस्ता कार्यक्रम स्थगन गर्न, शिक्षण संस्थाबीच सूचनाको नेटवर्क गर्न, आधिकारिक सूचना एकै ठाउँबाट प्रवाह गर्ने व्यवस्था गर्न विद्यालय/शिक्षण संस्थामा ‘फोकल पोइन्ट’ तोक्न पनि आग्रह गरिएको छ।

अनावश्यक हल्लाले विद्यार्थीलाई त्रसित बनाउन सक्नेतर्फ सचेत तुल्याउन, सङ्क्रमण भएमा स्वास्थ्य सेवा लिने तरिका एवं एकान्त/अलग्गै राख्ने र फैलन नदिने विधिबारे जानकारी दिन र सरकारी आधिकारिक निकायबाट आउने सूचना सबैमा प्रवाह गर्ने व्यवस्था प्रभावकारी पार्न मन्त्रालयले आग्रह गरेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement