Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भावस्थामा यस्ता सावधानी अपनाउ, अन्यथा गर्भ खेर जान सक्छ

  |      00:00:00   |  
वेब तस्विर
वेब तस्विर

माघ ४, काठमाडौं । आमा बन्नु महिला जीवनको जिम्मेवारी मात्र नभएर एउटा नयाँ जन्म पनि हो । आमाको स्वास्थ्य एवं उनको मानसिक स्थितिले शिशुको शारीरिक एवं मानसिक विकासमा पनि असर पार्छ । त्यसैले आमा बन्नुअघि हरेक महिला शारीरिक एवं मानसिक रूपले तयार हुनुपर्छ ।

सर्वप्रथम गर्भवती महिलाले आफ्नो मानसिक स्थितिमा नियन्त्रण राख्नुपर्छ । गर्भप्रति अनावश्यक चिन्ता लिनु वा डराउनुहुँदैन साथै गर्भावस्थालार्ई बोझका रूपमा पनि लिुनुहुँदैन । आमा बन्नु, गर्भधारण गर्नु र सुत्केरी हुँदाको पीडा आदि महिला जीवनका स्वाभाविक एवं प्राकृतिक क्रिया हुन् । 
गर्भवती महिलाले सबै प्रकारको दुव्र्यसनबाट टाढा रहनुपर्छ, किनभने विकृत शिशु जन्म हुनुमा दुव्र्यसन (धूम्रपान, रक्सी र अरू नसालु पदार्थ) कै हात हुन्छ । दुव्र्यसनबाट टाढा रहे मात्र महिलाहरूले स्वस्थ शिशु जन्म दिनसक्छन् । 

गर्भवती महिलाले आवश्यकभन्दा धेरै शारीरिक एवं मानसिक श्रमबाट बच्नुपर्छ । जसले गर्दा गर्भमा रहेको शिशुलार्ई कुनै प्रकारको चोटपटक लाग्न नपाओस् । क्रोध, शोक, लडाइ–झगडा आदिबाट पनि टाढा रहनुपर्छ । यसको प्रभाव शिशुको स्वभावमा पनि पर्छ किनभने शिशुले गर्भबाटै सिक्न थाल्छ ।

चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि सेवन गर्नुहुँदैन । पूर्ण जानकारी अथवा आवश्यक सल्लाहबिना लिइएको औषधि गर्भस्थ शिशुका लागि हानिकारक सिद्ध हुनसक्छ । त्यसैले कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना सेवन गर्नुहुँदैन ।सबै प्रकारको भोजन गर्नुपर्छ । आवश्यकभन्दा धेरै गुलियो, अमिलो, नुनिलो, पिरो आदि खानुहुँदैन।

यदि गर्भस्थमा महिला टेढो अथवा धेरै तल–माथि एवं कठोर आसन गर्छिन् अथवा लापरबाहीपूर्वक कुनै पनि दिशामा फर्केर सुत्ने बानी छ भने त्यो शिशुका लागि हानिकारक हुनसक्छ । यसबाट गर्भस्राव हुने सम्भावना हुन्छ । गर्भावस्थामा मलमूत्रलार्ई रोक्दा, बिनाअभ्यास कठिन व्यायाम गर्दा, बढी मात्रामा आहार र औषधिहरू सेवन गर्दा एवं आवश्यकभन्दा कम भोजन गर्दा पनि गर्भस्राव अथवा गर्भपतन हुने जोखिम हुनसक्छ । त्यसैले यी सबै कुरामा सावधानी अपनाउनुपर्छ ।
गर्भावस्थामा केही कुरा गर्भस्थ शिशु वा आमाका लागि हानिकारक हुन्छन् । गर्भ रहेपछि सहवास, व्यायाम, उपवास, दिउँसो सुत्ने, राति उठ्ने, स्पिडमा गुडेको सवारी, मसाजजस्ता उपचार, मलमूत्रका वेगलार्ई रोक्ने काम गर्नुहुँदैन। धेरै खाने, चटपटे, ताता चीजहरू, रक्सी वा मादक पदार्थ एवं मांसाहार आदि पनि हानिकारक साबित हुन सक्छन् ।

हुन त आजको विज्ञानले गर्भावस्थामा सहवास गर्नुलार्ई अनुचित मान्दैन र गर्भावस्थामा केही विशेष प्रकारको व्यायाम गर्ने निर्देश पनि दिन्छ । आजको दिनमा वाहनहरूलार्ई बेवास्ता गर्न पनि असम्भव नै छ तर आफ्नो शरीरले जति सजिलोसँग सहन सक्छ त्यति मात्रामा नै यस्ता बरा प्रयोग गर्नुपर्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement