Advertisement
Advertisement
Advertisement
Advertisement

भृकुटीमण्डपमा आजबाट १७औं तिज मेला सुरु

  |      14:45:00   |  
भृकुटीमण्डपमा आजबाट १७औं तिज मेला सुरु

भदौ ७, काठमाडौं । 'हामी सबै शिर्जनशिल महिलाको एउटै नारा ( सिप सिकौँ, उद्यम गरौँ, बनौ आत्मनिर्भर सारा' भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा आजबाट चार दिने  १७औं तिज महोत्सव २०७५ सुरु भएको छ ।

आउँदै गरेको नेपाली नारीहरुको महान चाड तिजलाई लक्ष्ति गरि महिला शिर्जनशिल केन्द्रले आयोजना गरेको १७औं तिज मेला  २०७५ समाज कल्याण महिला तथा बालबालिका मन्त्री माननीय थममाया थापाले गरिन् । उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्रि थापाले यसरी आयोजित हुने मेलाले महिलाहरुको मनोवल बढाउने र उनीहरुलाई आर्थिक स्थिती सुधार गर्न व्यवसायिक ज्ञान प्राप्त गनसमेर्त मद्दत पुग्ने उनले बताइन् ।

 

यस वर्षको डाबर तिज फेस्टिभलमा २ सय भन्दा बढी स्टलहरु राखिएका छन् । नेपालका महिला व्यवसायीलाई लक्ष्ति गरि आयोजना हुने यो मेलामा व्यवसायिक पहिचान बनाइसकेका महिला उद्यमीहरु पनि एकै ठाउँमा भेला भई ठूलो आर्थिक कारोबार होस भन्ने शिर्जनसिल महिला केन्द्रको उदेश्य रहेको छ । बिगत १७ वर्षदेखि निरन्तर मेलाको आयोजना गर्दे आइरहेको शिर्जनसिल महिला केन्द्रले महिलाहरुलाई व्यवसायीक रुपमा सशक्त पार्न यस्ता मेलाको आयोजना गर्ने गरेको हो ।
 

भदौ ७ गतेबाट १० गतेसम्म आयोजित हुने तिज महोत्सबमा १ लाख भन्दा बढी आगन्तुक ले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महिला सिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले यस पटक ५ उकृष्ट व्यवसायलाई अवार्ड पनि दिईदैछ ।

 

त्यसैगरि महोत्सवमा अवलोकन कर्ताहरूको लागी निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क फोटो सुट, निःशुल्क मेहेन्दी आर्ट, निःशुल्क हेयर कटिङ्ग लगायत हात खालि नजाने उपहारहरू राखिएका छन् ।

समाज कल्याण महिला तथा बालबालिका मन्त्री माननीय थममाया थापा ज्यु बाट समुद्घाटन गरिएको  यस कार्यक्रममा १० वटा भन्दा बढी स्टलहरु,असहाय, अशक्त, अपाङ्ग र ग्रामीण क्षेत्र पिछडिएका दिदी बहिनीहरूलाई निःशुल्क प्रदान गरिएको थियो । 

यस महोत्सवमा रु ५० प्रवेश शुल्क पनि राखिएको छ। यस बाट प्राप्त भएको रु ५० रकम विभिन्न सामाजिक संस्थालाई प्रदान गरिने साथै दूर दराज वा रोगी बिरामी महिला दिदी बहिनीहरू लाई उपचार खर्च प्रदान गरिने छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement