Advertisement
Advertisement
Advertisement
Advertisement

पुराना जिन्सबाट नयाँ पहिचान:‘रे–कृति’मार्फत महिला सशक्तीकरणको अभियान

  |      12:08:00   |  
web image
web image
भदौ १ , काठमाडौं । कपडाको बढ्दो प्रयोग र त्यसबाट उत्पन्न हुने फोहोर व्यवस्थापनको समस्यालाई अवसरमा बदल्दै काठमाडौंकी नासना बज्राचार्यले ‘रे–कृति’ नामक अभियान सञ्चालन गरिरहेकी छन्।
व्यवस्थापन विषयमा अध्ययन गरिरहेकै बेला उनले कपडाको पुनः प्रयोगसम्बन्धी अवधारणा प्रस्तुत गरेकी थिइन्। त्यही सोचले पछि ‘रे–कृति’को रूप लिएको हो।
स्थापनाको चार वर्षमा संस्थाले करिब दुई हजार दुई सय किलोग्राम पुराना जिन्सलाई नयाँ उत्पादनमा रूपान्तरण गरिसकेको छ। सात सयभन्दा बढी ग्राहकले आफ्ना पुराना जिन्स संस्थालाई उपलब्ध गराएका छन्।
‘रे–कृति’ले पुराना जिन्सबाट झोला, वालेट, चाबी राख्ने सामग्रीलगायत विभिन्न उत्पादन तयार गर्दै आएको छ। सुरुआती चरणमा जिन्सको सीमित भाग मात्र पुनः प्रयोग गर्न सकिने अवस्था रहे पनि अहिले करिब ९५ प्रतिशत भागलाई उपयोग गर्न सकिने भएको संस्थाको दाबी छ।
यस अभियानको अर्को महत्त्वपूर्ण पक्ष महिला सशक्तीकरण हो। संस्थाले घरमै बसेर सिलाइ गर्ने महिलासँग सहकार्य गर्दै उनीहरूलाई आम्दानीको अवसर प्रदान गरिरहेको छ। हाल ११ जना महिला कारीगर यस अभियानसँग आबद्ध छन्।
नासना बज्राचार्यका अनुसार दिगोपनका विषयमा बहस मात्र पर्याप्त छैन। उपभोग गर्ने बानीमा परिवर्तन ल्याउन सकिए मात्र वातावरण संरक्षण सम्भव हुने उनको भनाइ छ।
सन् २०२५ यता ‘रे–कृति’ले विभिन्न शैक्षिक संस्थामा ‘अपसाइक्लिङ मेला’ सञ्चालन गर्दै पुनः प्रयोगसम्बन्धी चेतना फैलाउने कामसमेत गरिरहेको छ। वातावरण संरक्षण, दिगो उपभोग र महिला उद्यमशीलतालाई एकैसाथ अघि बढाउने प्रयासका कारण ‘रे–कृति’ अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement