Advertisement
Advertisement
Advertisement
Advertisement

विदेशमा पढेर नेपाल फर्किइन्, कफी व्यवसायमा भविष्य खोज्दै सुमी

  |      11:20:00   |  
web image
web image

भदौ २८, काठमाडौं । विदेशमा अध्ययन गरेकी सुमी मोक्तान नेपाल फर्किएर पारिवारिक कफी व्यवसायलाई नयाँ पुस्ताको सोच र योजनासहित अघि बढाइरहेकी छन्। एभरेस्ट कफी ग्रुपकी प्रबन्ध निर्देशक सुमीले नेपाली कफीलाई गुणस्तरका आधारमा विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित व्यवसायको नेतृत्व सम्हालेकी हुन्।

सानैदेखि केही नयाँ काम गरेर त्यसबाट आम्दानी गर्ने रुचि भएकी सुमीले नेपालमा प्रारम्भिक शिक्षा लिएपछि भारत, अमेरिका र थाइल्यान्डमा अध्ययन गरिन्। त्यसपछि नेपाल फर्किएर नेपाल माउन्टेन एकेडेमीबाट एडभेन्चर टुरिजममा स्नातकोत्तर गरिन्। उनका बुबाले विदेशमा अध्ययन गरे पनि नेपाल फर्किएर काम गर्नुपर्ने सुझाव दिँदै आएका थिए।

नेपाल फर्किएपछि भने उनले तत्काल पारिवारिक कफी व्यवसाय सम्हालिनन्। उनी म्युजिक भिडियो तथा फिल्ममा अभिनयसँगै टेलिभिजनको डान्स रियालिटी शोमा समेत सहभागी भइन्। चार दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी सुमीले विभिन्न व्यवसाय तथा लगानीमा समेत अनुभव बटुलेकी छन्।

अहिले भने उनको मुख्य ध्यान कफी व्यवसायमा छ। उनका बुबा सन्तवीर लामाले नेपालमा कफीको सम्भावना देखेर दशकौंअघि सुरु गरेको व्यवसायलाई सुमीले नयाँ बजार र नयाँ अवधारणासहित अघि बढाइरहेकी छन्। एभरेस्ट कफीले जापान, दक्षिण कोरिया, ताइवान, स्विट्जरल्यान्ड, क्यानडा र अमेरिकालगायतका बजारमा नेपाली कफी निर्यात गर्दै आएको छ।

सुमीको प्राथमिकता ठूलो परिमाणमा कफी उत्पादन गरेर सस्तोमा बेच्नेभन्दा गुणस्तरीय नेपाली कफीलाई विश्व बजारमा प्रिमियम उत्पादनका रूपमा स्थापित गर्ने रहेको छ। एभरेस्ट बुटिक कफीमार्फत सिंगल ओरिजिन तथा प्रिमियम कफीमा जोड दिइएको उनले बताएकी छन्।

कफी व्यवसायमा किसानको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले किसानलाई बिरुवा, तालिम, प्रविधि र प्राविधिक सहयोग उपलब्ध गराउने तथा उत्पादन खरिद गर्ने अभ्यासलाई प्राथमिकता दिएकी छन्। ग्रामीण महिलालाई कफी टिपाइ तथा प्रशोधनसम्बन्धी सीप दिएर रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने योजना पनि उनको छ।

सुमीले काठमाडौंको लोकन्थलीमा ‘गार्डेन टु कप’ अवधारणामा परियोजना विकास गर्ने योजना समेत अघि सारेकी छन्। यसमार्फत उपभोक्ताले कफीको खेतीदेखि टिपाइ, प्रशोधन र अन्ततः कपसम्म आइपुग्ने सम्पूर्ण प्रक्रिया प्रत्यक्ष अनुभव गर्न सक्ने उनको योजना छ।

उनको यात्राले विदेशमा अध्ययन गरेपछि स्वदेश फर्किएर आफ्नै क्षेत्रमा उद्यम गर्न चाहने युवाका लागि पनि उदाहरण प्रस्तुत गरेको छ। पारिवारिक व्यवसायलाई निरन्तरता दिँदै नयाँ पुस्ताको सोच, प्रविधि र बजार रणनीतिसँग जोडेर नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उनको प्रयास जारी छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement