Advertisement
Advertisement
Advertisement
Advertisement

‘मेहन्दी फेसन मात्र हैन सगुन पनि हो’ :सुमित्रा प्रधान

  |      13:44:00   |  
‘मेहन्दी फेसन मात्र हैन सगुन पनि हो’ :सुमित्रा प्रधान

असार २६, काठमाडौं । नेपालमा मेहन्दीको फेसन हाल ट्रेण्डमा आउनु कुनै नौलो कुरा भने हैन । बिगत लामो समयदेखि मेहन्दी लगाउने प्रचलन भएतापनि नेपालमा भने मेहन्दी लगाउने  ट्रेण्ड मौलाएको धेरै भएको छैन् । विशेष समारोह तथा विवाहका कार्यक्रमहरुमा मात्र लगाउने यो चलन हाल नेपाली फेसनको महन्वपूर्ण पाटो बनेको छ । सोह्र श्रृंगारमा गनिने मेहन्दी नेपाली फेसनको एक हिस्सा बनेको छ । यद्यपि, नेपालमा भन्दा भारत, बंगलादेशमा प्रभावकारी मानिने मेहन्दीको ट्रेण्ड सुन्दरताका लागि मात्र नभै सगुनका रुपमा प्रयोग हुने गर्छ । मेहन्दीलाई सगुनका रुपमा विवाह जस्ता पवित्र कार्यमा लगाउने चलन नेपालका केही समुदायमा पनि चलिआएको छ । तराइ मुलका महिलाहरुले मेहन्दी अनिवार्य लगाएको  पाइन्छ ।

सामान्यतः मेहन्दी सुन्दरताका लागि मात्र लगाइन्छ भन्ने बुझेका कतिपय महिलाहरुलाई मेहन्दीले औषधीको काम पनि गर्छ भन्ने कुरा थाहा नहुन सक्छ । मेहन्दी डिजाइनर सुमित्रा प्रधान भन्छिन्, ‘मेहन्दी फेसन मात्र हैन सगुन पनि हो ।

मेहन्दी सुन्दरताका लागि मात्र नभई औषधीका रुपमा पनि प्रयोग गर्न सकिन्छ । जस्तो खुट्टाको पाइताला  पोलेको अवस्थामा मेहन्दीको लेप लगाउने हो भने पोल्न कम हुन्छ ।  मेहन्दीलाई एक विशेष हर्बल औषधीको रुपमा लिइन्छ ।’

विशेषगरी टिनेजर आफ्नो सौन्दर्यमा निखार ल्याउन मेहन्दी प्रयोग गर्छन् । यसैगरी, अधिकांश नेपाली महिलाहरुको मेहन्दी आकर्षक गहना बनेको पाइन्छ । श्रावण महिना नजिकिए संगै महिलाहरुमा मेहन्दी मोह पनि बढ्दै गाएको र मेहन्दी गहनाको रुपमा लोकप्रिय हु“दै गएको हेना आर्ट तथा डिजाइन प्रशिक्षक सुमित्रा प्रधान   नेप्लिज वुमनस“ग बताउ“छिन् ।  

 

मेहेन्दीको कुन डिजाइनमा नेपाली महिलाहरुको आकर्षण बढ्दो छ ?
अरेबिक र कास्मिरी डिजाइनको फेसन नेपालमा चलेको छ । कास्मिरी साना बुट्टा भएको हुन्छ लगाउन पनि छिटो हुन्छ भने अरेबिक अलिक ठूला बुट्टा भएकाले लगाउन समय लाग्छ । तर यी दुवै लोकप्रिय डिजाइन हुन् । नेपालमा अहिले मेहन्दीका यी डिजाइनले मान्यता पाएको छ । 

 

नेपालमा मेहन्दीको फेसन बढ्नुको कारण के हो ?
पहिलो कुरा त महिलाहरु मेहन्दी लगाउदा सुन्दर देखिन्छन् । मेहन्दीले सुन्दरतामा निखार ल्याउने हुनाले महिलाहरु मेहन्दी प्रति आकर्षित छन् । मेहन्दी सुन्दरताका लागि मात्र लगाइन्छ भन्ने बुझिएपनि यस्ले औषधीको पनि काम गर्छ भन्ने कुरा धेरैलाई थाहा नै छैन । मेहन्दीलाई एक विशेष हर्बल औषधीको रुपमा लिइन्छ । खुट्टा पोलेको अवस्थामो मेहन्दी लगाउने हो भने निकै आराम मिल्छ र  खुट्टा पोल्न कम हुन्छ । 

 

कुन उमेर समुहका महिलाहरु मेहन्दी बढी  लगाउन रुचा“उछन् ?
मेहन्दी लगाउन सबै उमेर समुहका महिलाहरु रुचाउ“छन् । तर सबैभन्दा बढी टिनेजरहरु नै लगाउन चाहान्छन् । कारण उनीहरुमा राम्री देखिन कुनैपनि वाहना अपनाउ“छन् । कतिपय महिलामा कसरी हुन्छ सबैभन्दा राम्री देखिउ भन्ने एक प्रकारको आकर्षण हुने भएकाले पनि मेहन्दी उनीहरुको रोजाइमा पर्छ । यसका साथै विवाहित महिलाहरु पनि उतिकै रुचाउ“छन् । विवाहमा मेहन्दी सगुनको रुपमा प्रयोग गरिने अर्थात दुलहीले लगाउने भएकाले मेहन्दीको महत्व छुट्टै भएको पाइन्छ । विवाहिता तथा अविवाहित मात्र नभइ साना बालिकाहरुमा समेत मेहन्दी मोह निकै गहिरो भएको पाइन्छ । 

 

 

कुन मौसममा मेहन्दीको माग अधिक हुन्छ ?
मेहन्दी जुनसुकै समयमा पनि लगाउन सकिन्छ । तरपनि महिलाहरु विवाहको सिजन, साउन महिना, विभिन्न खालका पार्टी तथा समारोहरुमा मेहन्दीमा सजिएर हिड्न रुचाउ“छन् । अब साउन महिना नजिकिएकाले होला महिलाहरु अहिले देखिनै मेहन्दी लगाएर हिड्न थालेका छन् । 

 

मेहन्दी लगाउन कतिको सहज छ ?
सहज नै छ । बानी परेकालाई  खासै अप्ठेरो हुन्न । कास्मिरी डिजाइन र अरेबिक दुवै डिजाइन एकै पटक लगाउ“दा केही समय लाग्छ । कुनै एक मात्र डिजाइन लगाउन त धेरै समय लाग्दैन् । मेहन्दी लगाएको हेर्दा आकर्षक भएन भने सुन्दर हु“दैन यसकारण लगाउ“दा होसियार हुनुपर्छ । अन्यथा लगाउने शैली थाहा हुनेलाई केही अप्ठेरो छैन । 

 

हात तथा खुट्टामा लगाएको मेहन्दीले असर गर्छ भन्छन् , के यो सही हो ?
म पूर्ण रुपमा सहमत छैन । किनकी बजारमा अहिले अर्गानिक र केमिकलयुक्त दुइ प्रकारका मेहन्दी पाइन्छन् । यदि अर्गानिक मेहन्दी लगाउने हो भने कुनै असर गर्दैन । केमिकलयुक्त लगाइयो भने यस्ले असर गर्छ । मेहन्दी लगाउनेहरुले के विचार पु¥याउनुपर्छ भने लामो समय टिक्ने अर्थात हतपत नमेटिने मेहन्दी राम्रो हो भन्ने भ्रम त्यागनुपर्छ । अर्गानिक मेहन्दी मेहन्दी लगाएको लामो समयसम्म टिक्दैन । अर्काेतिर लगाएको केहिदिन पछि कालो रंगमा परिवर्तन हु“दैन । तर केमिकलयुक्त मेहन्दी विस्तारै कालो रंगमा परिणत हु“दै जान्छ । यस्तो मेहन्दीले हाम्रो हातखुट्टामा असर गर्छ । तर अर्गानिक मेहन्दीले भने यसरी असर गर्दैन । यस्ता कुरामा प्रयोगकर्ता आफै सजक हुनुपर्छ ।

 

सुमित्रा प्रधान , हेना आर्ट तथा डिजाइन प्रशिक्षक
एस्थेटिक्स इन्टरनेस्नल प्रोफेसनल एकेडेमी (एआइपिए)
नेपाल स्पा एकेडेमी

सुन्धरा, कान्तिपुर डेन्टल कलेजको अपोजिट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement