Advertisement
Advertisement
Advertisement
Advertisement

‘प्रजनन अधिकारबाट वञ्चित गरेमा सजाय’

  |      15:29:00   |  
बिबिसि
बिबिसि

बच्चा जन्माउने वा गर्भपतन गराउन चाहने महिलालाई सो अधिकारबाट वञ्चित गराउने अस्पताल र चिकित्सकलाई सजाय गर्ने प्रावधानसहितको विधेयक संसद्‌मा पेश गर्ने बाटो खुलेको छ।

 

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा विधेयक संसद्‌मा पेश गर्ने निर्णय गरेपछि मौलिक हक भनी राखिएको प्रजनन अधिकार अब बाध्यात्मक रूपमा पालना गरिनुपर्ने अधिकारीहरूले बताएका छन्।

 

स्वास्थ्य मन्त्रालयले तीन वर्ष लगाएर तयार पारेको सो विधेयकमा सुत्केरी तथा जन्मिएका शिशुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको जनाइएको छ। प्रजनन, गर्भपतन र शिशुको उपचार जस्ता विषय संविधानमा मौलिक हकको रूपमा राखिएको छ।

 

कसुर
उक्त हकबाट वञ्चित गराउनेलाई दण्डसजायको व्यवस्था राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ऐन नियम परामर्श शाखाका कानून उपसचिव गङ्गाबहादुर खरेलले बताए।उनले भने, गर्भवती सेवा दिनबाट वञ्चित गरेमा वा अस्वीकार गरेमा त्यसलाई कसुर ठहर हुने व्यवस्था गरिएको छ। आफ्नो स्वास्थ्य संस्थामा सेवा उपलब्ध हुँदाहुँदै वा जानाजान अर्को अस्पतालमा पठाएमा पनि कसुर ठहरिनेछ र यी सबैमा सजायको व्यवस्था गरिएको छ।


आइतवारको मन्त्रिपरिषद्को बैठकले त्योसहित सातवटा विधेयक संसद्‌मा पठाउने निर्णय गरेको थियो। सुरक्षित मातृत्व तथा प्रजननसम्बन्धी अधिकार दिइएको विधेयकले कानूनी रूप लिन लागेको पहिलो पटक हो।

 

सजिलो
दण्डको व्यवस्थाले महिलाको बच्चा जन्माउने वा गर्भपतन गराउने भन्ने अधिकार बलियो हुने अपेक्षा गरिएको छ। विधेयकको मस्यौदा तयार पार्न भूमिका खेलेकामध्येका एक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव डा. किरण रेग्मीले भनिन्, गर्भवती महिलाले पाउनुपर्ने सेवा के हो र त्यो नपाएमा कहाँ गएर उजुरी गर्ने जस्ता थाहा नपाइरहेको विषयबारे किटान गरिएको छ। यो बाध्यात्मक नियमले महिलालाई सजिलो हुनेछ।

 

हाल सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउन आउने सुत्केरीलाई निःशुल्क उपचार तथा ५ सय देखि १५ सय रुपैयाँसम्म बाटो खर्च दिने व्यवस्था छ। संविधान लागु भएको तीन वर्षभित्र अर्थात् आगामी असोज ३ गतेभित्र कानून बनाइसक्नुपर्ने छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement