Advertisement
Advertisement
Advertisement
Advertisement

‘खानेपानी नै छैन, के ले हात धुने ?’

  |      12:43:00   |  
 ‘खानेपानी नै छैन, के ले हात धुने ?’

►पूर्णप्रसाद मिश्र 

चैत २१,काठमाडौँ। कोरोना भाइरस९कोभिड —१९ ० को सम्भावित जोखिम हुनबाट जोगिन साबुन पानीले दिनमा चार पाँच पटक  हात धुनुपर्छ भन्ने सन्देश सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह गरिरेहेको छन् । तर  गोकर्णेश्वर तथा कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासी  खानेपानीकै समस्यामा परेका छन् । 

पटक पटक हात धुन पानी कसरी जुटाउने अहिले यस क्षेत्रका स्थानीवासीको चिन्ताको विषय बनेको छ ।   ती दुई नगरपालिकाले चोक चोकमा हातधुने व्यवस्था मिलाइका छन् ।   हाल राजधानीमा सबैभन्दा बढी खानेपानी आपूर्ति गर्ने वाग्मतीको मुहान पनि यही भेगमा पर्छ । सोलुखुम्बुबाट गोकर्णेश्वर नगरपालिका–२ मा घर बनाइ बस्नुभएका ग्याल्जेन शेर्पा धारामा खानेपानी पाइन्छ भन्ने सुनेकै कारण आफू यहाँ बस्न आएको तर पानी पाउन नसकिएको गुनासो गर्नुहुन्छ । 

वाग्मतीको मुहान वाग्द्वारसमेत रहेको नगरपालिकाका अधिकांश वडामा खानेपानी लिन बिहानै पुराना धारा खोज्दै हिँड्नुपर्छ । बिहान पाँच बजे नै पुग्दा पनि पुराना धारामा लाम लागिसकेको हुन्छ । खानेपानी थाप्न कम्तीमा एकघण्टा लाममा बस्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । पानी थाप्ने भीडका कारण कोरोनाको जोखिम बढ्ला भन्ने चिन्ताले पानी थाप्न जानेलाई सताउने गरेको छ । 

पानी भरेर घरमा राख्दा लामखुट्टेका कारण डेङ्गुको खतरा बढ्न सक्ने भएकोले  सताउने गरेको उपभोक्ता राधिका भण्डारीले बताउनुभयो । गर्मी बढेसँगै  डेङ्गुका बिरामी  बढ्ने जनाइएको छ । गोकर्णेश्वर नगरापालिकाका प्रमुख सन्तोष चालिसे मुहान क्षेत्रमा खानेपानी उपलब्ध गराएर मात्र तल्लो भेगमा लैजान काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पटकपटक आग्रह गरेको बताउनुहुन्छ । 

 “दिनमा पाँचदेखि सात वटासम्म गुनासा त धारामा पानी आएन भन्ने नगरवासीका आउने गरेको छ, मैले दुईपटक लिमिटेडको महाङ्कालचौर शाखाका प्रमुखलाई पानी दिनु भनी फोन गरेर भनिसके अझै मुहान क्षेत्रमै पानीको वितरण सहज हुन सकेको छैन”, उहाँले भन्नुभयो । 

 लकडाउन हुनुअघि धेरै उपभोक्ताले जारको पानी किनेर खान्थे । लकडाउनसँगै केही पसलमात्र बिहान बेलुका खुल्ने र त्यहाँ खानेपानी नहुने भएकाले पुराना ढुङ्गेधारा खोज्दै हिँड्नुको विकल्प नभएको कागेश्वरी मनोहरा नगरपालिका–३ की गृहिणी उषा खत्रीको दुःखेसो छ । 

काकाकुल राजधानीवासीले व्यग्र प्रतीक्षा गरेको राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी समेत सुन्दरीजलमै खस्ने गरी पूर्वाधार निर्माण भइरहेको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड ८० लाख लिटर पानी सुन्दरीजलमा खस्नेछ । यसका लागि दुई वटा प्रशोधन केन्द्र निर्माण पनि अन्तिम चरणमा पुगेको छ । 

मेलम्चीको पानी उपत्यकाका अधिकांश स्थानमा वितरणका लागि पाइप बिच्छ्याउने काम भइरहेको छ । तर गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अधिकांश भागमा खानेपानीको पानी वितरणका लागि पाइप बिच्छ्याउने पहल भएको छैन ।  गोकर्णेश्वरका नगरप्रमुख चालिसे नगर क्षेत्रबाट जाने पानी यहीँका जनताका धारामा पानीको व्यवस्था नभई तलतिर वितरण गरिए मूल पाइपबाट वाग्मतीमा पानी बगाउन बाध्य हुनुपर्ने बताउनुहुन्छ । 

सो माग लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयलाई पटकपटक दिइएको उहाँले सुनाउनुभयो । स्थानीय सरकारको मागलाई गम्भीर रुपमा नलिएपछि समस्या आउने भएकाले बेलैमा ध्यान दिन नगरवासीको अनुरोध छ । कागेश्वरीका नगरप्रमुख कृष्णहरि थापा पनि माथिल्लो भागमा पानी वितरणको व्यवस्था गर्न निर्देशनालयलगायत सरोकार भएका निकायलाई पटकपटक अनुरोध गरिएको बताउनुहुन्छ ।

 दुवै नगरपालिकाको आग्रहलाई निर्देशनालयलगायत सरोकार भएका निकायका अधिकारीले सुनेका छैनन् । लिमिटेडका निमित्त महाप्रबन्धक मिलनकुमार शाक्य सुक्खा मौसम भएकाले मुहान क्षेत्रमै पानी दिन नसकिएको स्वीकार्नुहुन्छ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । तर लिमिटेडले भने दैनिक आठ करोड लिटर मात्र आपूर्ति गर्न सकेको छ । वर्षाद्मा भने लिमिटेडले दैनिक १५ करोड लिटरसम्म पानी वितरण गर्ने गरेको छ । 

 “मुहान क्षेत्रमा पानी पर्याप्त मात्रामा दिनुपर्छ भन्ने हाम्रो मान्यता छ, अहिले नसकेपनि मेलम्चीको पानी त्यहाँ वितरणका लागि सञ्जाल बनाउनुपर्छ भन्ने छलफल म निर्देशनालयमा हुँदा पनि भएको हो, त्यस क्षेत्रमा पानी नदिए पुराना मूल पाइपबाट उपभोक्ताले सिधै पानी लगेजस्तो मेलम्चीका ठूला पाइपमा पनि आउनसक्छ भन्नेमा हामी सचेत छौँ, जनताले पाइप हेर्ने तर खानेपानी नपाउने हुनुहुँदैन”, उहाँले भन्नुभयो । 

तर बत्तीमुनिको अँध्यारो भनेझैँ मुहान क्षेत्रमा पानी वितरणका लागि कुनै पनि निकाय जिम्मेवार नबनेको यस क्षेत्रका उपभोक्ताको गुनासो छ । हाल उपत्यकामा प्रशोधन हुने पानीमध्ये धेरै भने सुन्दरीजलबाट वाग्मती स्रोतकै पानी आउने गरेको महाप्रबन्धक शाक्यले जानकारी गराउनुभयो । सुन्दरीजलबाट वर्षाद्मा एकदेखि दुई करोड लिटर पानी उत्पादन हुन्छ । सुक्खा मौसममा भने मुस्किलले २० लाख लिटर पानीमात्र सुन्दरीजलबाट प्रशोधन हुने गरेको छ । 

 धारामा पानी नआएका कारण हात धुन पाइएन भनी आफूलाई दिनमा धेरै फोन आउन थालेपछि फोन नउठाइ बस्न बाध्य हुनुपरेको उहाँको भनाइ छ । ट्याङ्कर शाखालाई भने त्यसको जानकारी दिई पानी पठाउन लगाउने गरेको पनि शाक्यले बताउनुभयो । पानी नआने उपत्यकाका धेरै ठाउँमा पाँच हजार लिटरसम्मका ट्याङ्की राखिएको छ । सुक्खा मौसममा यी ट्याङ्कीमा पानी ट्याङ्करबाट हाली लिमिटेडले सेवा दिने गरेको छ ।

 ट्याङ्करबाट ती ट्याङ्कीमा पानी हाल्दा उपभोक्ताको भीड बढेर कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले हाललाई त्यो सेवा पनि बन्द गरिएको लिमिटेडले जनाएको छ । उपभोक्ताले व्यक्तिगत रुपमा ट्याङ्करको पानी लैजान चाहे भने भ्याएसम्म सेवा दिने गरिएको जनाइएको छ ।

हाल छ दिनको फरकमा धारामा पानी दिने गरेको लिमटेडले धान्न गाह्रो भएपछि नौ दिनमा एकपटक दिने गरी तयारी गर्न लागेको छ । असारसम्म मेलम्चीको पानी आउने सरकारको प्रतिबद्धता बमोजिम निमित्त महाप्रबन्धक शाक्यको संयोजकत्वमा वितरणका लागि तयारी समिति गठन गरिएको छ । 

समितिमा खानेपानी मन्त्रालय, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका अधिकारी सदस्य छन् । लकडाउनका कारण मेलम्चीको काम पनि बन्द भएकाले पानी आउने समय केही पछि धकेलिन सक्ने जनाइएको छ ।

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement