Advertisement
Advertisement
Advertisement
Advertisement

४ करोड मूल्यको नयाँ घरमा सरिन् शान्तिश्री परियार

  |      13:57:00   |  
४ करोड मूल्यको नयाँ घरमा सरिन् शान्तिश्री परियार

माघ २८ काठमाडौं । गायिका शान्तिश्री परियारलाई भाग्यले साथ दिएको हुनुपर्छ । उनी अहिले युट्युवमा सर्वाधिक सुनिने संगीतकर्मी हुन् । पछिल्लो साता उनका दुई गीतले प्लाटफर्ममा इतिहास रचे ।

उनको स्वर रहेको ‘रुकुम मैकोट’ छोटो समयमै १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो । उनको अर्को गीत ‘अरेली काँडैले’ युटयुवमा १० करोड भ्यूज पाउने पहिलो लोकगीत बन्यो ।
शान्तिश्री अहिलेको डिमान्डेड गायिका हुन् । रोल्पाको दुर्गम गाउँको निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी शान्तिश्रीले कलाकर्मबाटै सम्पत्ति जोड्न सकिन्छ भन्ने सन्देश पनि दिएकी छन् । उनले हालै गोंगबुको गणेशस्थानमा ४ करोड मूल्य पर्ने घर किनिन् ।

केही दिनअघि उनी यो नयाँ घरमा सरेकी छिन् । यसअघि उनी सामाखुसीमा भाडाको घरमा बस्दै आएकी थिइन् । २०६८ सालमा उनले धादिङका नारायण भुजेलसँग विवाह गरिन् । उनीहरूका ४ वर्षकी एक छोरी छिन् ।
उनको गायन सफलता लोभलाग्दो छ । कुनै समय गिट्टी कुट्ने काम समेत गरेकी उनी सांगीतिक क्षेत्रमा भविष्य बनाउन २०६४ सालमा काठमाडौं आएकी थिइन् । राजधानीमा उनले दोहोरी साँझमा काम गर्दै गायन यात्रालाई अगाडि बढाइन् । २०७४ सालमा सार्वजनिक ‘बोल माया’ बोलको गीतपछि उनी सधैं चर्चाको शिखरमा रहिन् । त्यसयता ‘गलबन्दी’, ‘अरेली काँडैले’ हुँदै ‘रूकुम मैकोट’ सम्म आउँदा उनका दर्जनौं गीत सुपरहिट छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement