web image
भदौ ३१, काठमाडौं । बिहारको बक्सरकी ५५ वर्षीया सुनैना देवी बाढीका कारण गंगा नदीमा बगेको १५ दिनपछि उत्तर प्रदेशको बलिया जिल्लामा जीवितै फेला परेकी छन्। बाढीको तीव्र बहावले उनलाई घटनास्थलबाट करिब ५० किलोमिटर तलतर्फ बगाएको थियो।
नदीमा बगेपछि सुनैना देवीले करिब १५ दिनसम्म पानीको सहारामा र नदीमा डुबेको अवस्थामा रहेको एउटा छाप्रोमा आश्रय लिएर ज्यान जोगाएको बताइएको छ। सोमबार उत्तर प्रदेशका स्थानीय मछुवाहरूले उनको आवाज सुनेपछि उद्धार गरेका थिए।
उद्धारपछि उनलाई सुरक्षित स्थानमा लगिएको छ। बाढीका कारण गंगाको जलस्तर बढिरहेका बेला भएको यो घटनाले नदी आसपासका क्षेत्रमा बाढीको जोखिम र उद्धारको चुनौतीलाई पनि देखाएको छ।
Share this with your friends: