Advertisement
Advertisement
Advertisement
Advertisement

स्वास्थ्य केन्द्रमा प्रसूति गराउने घट्दै

  |      16:32:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन ११, गौशाला । महोत्तरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीले महिलालाई महिनौँदेखि प्रोत्साहन भत्ता उपलब्ध नगराएका कारण स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा कमी आएको छ । गत असोजदेखि स्वास्थ्य संस्थाले सुत्केरी भत्ता समयमै उपलब्ध नगराएकै कारण अस्पतालमा प्रसूति गराउनेको सङ्ख्यामा पछिल्लो समयमा  कमी आएको  स्वास्थ्य संस्थाका अनमी विन्दु साहले बताउनुभयो ।

पहिले दिनहुँ पाँच जनाले प्रसूति सेवा लिने गरेकामा  पछिल्लो समयमा क्रमिक रुपमा सेवाग्राही आउन छाडेका छन् । सरकारी स्वास्थ्य संस्थामा प्रसूत भए सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने गरेकाले प्रायः हरेक प्रसूत गराउनका लागि यहाँ आउने गर्थे ।  अब संस्थाले भत्ता उपलब्ध नगराएकै कारण सो सङ्ख्यामा कमी आएको अनमी साहले स्वीकार गर्नुभयो ।

 गाउँपालिकाको कार्यालयमा लिखित एवम् मौखिक रुपमा अनेकौँ पटक जानकारी गराउँदा समेत कुनै चासो नदेखाइएको अस्पताल व्यवस्थापन समितिका सदस्य रामजपु यादवले बताउनुभयो । अस्पतालमा भएको अनियमितता देखेर आफूले नैतिकताका आधारमा समितिको सदस्यबाट राजीनामा दिए पनि आजसम्म राजीनामा स्वीकृत नभएको यादवले जानकारी दिनुभयो ।

गाउँपालिका परिषद् बैठक ढिलो भएका कारण सुत्केरीले पाउनुपर्ने भत्ता अहिलेसम्म नपाएको प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष मदन यादवले स्वीकार गर्नुभयो । अबको केही दिनमै प्रोत्साहन भत्ता उपलब्ध गराइने प्रशासकीय अधिकृत रामजी जोशीले जानकारी दिनुभयो । गाउँपरिषद् विवादका कारण बजेट विनियोजन हुन नसकेकाले तलब र भत्ता गाउँपालिकाबाट उपलब्ध गराउन नसक्दा यस्तो समस्या सिर्जना भएको अधिकृत जोशीले बताउनुभयो । 
रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement