Advertisement
Advertisement
Advertisement
Advertisement

सामाजिक बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण

  |      11:57:00   |  
Web : Image
Web : Image

वैशाख २, । धौलागिरि अस्पताल परिसरमा रहेको पोषण सुधारगृहमा दुई सातायता पाँच बालबालिकाले कुपोषणको उपचार गराइरहेका छन् । पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषणगृहको शय्यामा बस्छन् ।

बागलुङ बजारकै एक सम्पन्न परिवारका चार वर्षका बालक पनि कुपोषणको शिकार छन् । उनलाई पोषण पुनःस्थापनाका लागि अस्पतालमा रहेको पोषण पुनःस्थापना गृहमा भर्ना त गरिएको छ तर शय्यामा राखेर बस्न उनको परिवार तयार छैन । 

बच्चामा कुपोषणको समस्या रहेको छिमेकीले जानकारी पाउँछन् भन्ने परिवारलाई लागेर उनको उपचार पोषणगृहको सल्लाहमा घरमै हुन्छ । “समयमा यहाँ आएर हामीले तयार गरेको खाना लिएर जानुहुन्छ, भर्ना भएर बस्न मान्नुभएन”, पोषण सुधारगृहका पोषण प्रबन्धक निशान्त आचार्यले भने, “कुपोषणजस्तो समस्यामा पनि सामाजिक बहिस्करणको त्रास छ ।” 

पोषणगृहमै आएका अर्का चार वर्षे बालककी आमा पनि भर्ना भएर बच्चाको पोषणमा सुधारका लागि तयार छैनन् । “घरमा अरु दुई बच्चा छन्, बूढाले काम गर्नुभएन भने छाक टर्दैन”, उनले पोषण प्रबन्धकसँग भने, “औषधि दिनुस् घरमै गएर उपचार गर्छु ।” 

कुपोषण आफैँमा रोग होइन तर कुपोषणका कारण अन्य रोगको शिकार बालबालिका हुन सक्छन् । चेतनाको अभाव र सामाजिक बहिस्करणका कारण अहिले पनि बालबालिकामा हुने कुपोषणको उपचारमा अभिभावक तयार नरहेको उल्लिखित उदाहरणले देखाउँछ । 

“हामीले बच्चा र अभिभावकलाई निःशुल्क खाना खुवाएर कुपोषणको पुनःस्थापना गर्छौँ”, आचार्य भन्छन्, “अझै कुपोषणको विषयमा चेतनाको अभाव रहेछ भन्ने देखिन्छ ।” पोषणगृहले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७० बालबालिकालाई भर्ना गरेर पुनःस्थापना गरेको छ । गृहमा आउने बालबालिकामध्ये बालकको सङ्ख्या धेरै छ । उनन्चालीस  बालक र ३१ बालिकाको पोषण पुनःस्थापना गरिएको प्रबन्धक आचार्यले बताए । तीमध्ये पाँच जना अहिले पनि पुनःस्थापनाको क्रममा छन् । “कोरोना महामारीको समयमा अन्य समयमा भन्दा कुपोषित बालबालिकाले सुसार पाए”, आचार्य भन्छन्, “लकडाउनका कारण अभिभावक घरमा रहँदा बालबालिकाले समयमा खाना पाए ।”  

परिवारले समय नदिएकै कारण अधिकांश बालबालिकामा पोषणसम्बन्धी समस्या हुने गरेको पोषण पुनःस्थापना गृहको अनुभव छ । “बच्चालाई दिनमा चार पटक पोषणयुक्त खानाको आवश्यकता पर्छ तर त्यसअनुसार अभिभावकले ख्याल नगरेका बालबालिका धेरै पीडित रहेको पाइन्छ”, उनले भने, “खानाको तालिका बनाएर ध्यान दिनसके कुपोषणको समस्या आउँदैन ।” 

सुकेनास र फुकेनास दुवै किसिमका कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको उनले सुनाए । बागलुङमा बजारीकरण भएका क्षेत्र र ग्रामीण तहसम्म बालबालिकामा विभिन्न खालको कुपोषणको समस्या वृद्धि भएको उनको अनुभव छ ।

- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement