साउन ६, काठमाडौं । महिला पत्रकार सहयोग कोष स्थापना गर्न नेपाल पत्रकार महासंघको महिला समितिले आयोजना गर्न लागेको फुटबल प्रतियोगिताका लागि प्रशिक्षण आइतदेखि सुरु भएको छ । साउन १२ गते हुने उक्त प्रतियोगितामा महिला पत्रकार मात्रै प्रतिस्पर्धामा उत्रने छन्।
नक्सालस्थित सानो गौचरणमा आइतबार कोच देवेन्द्रजंग शाहले पत्रकारलाई प्रशिक्षण दिएका थिए। उनले फुटबल खेल्नु अघि अनुशासनको पालना अनिवार्य गर्नुपर्ने बताए। खेललाई सधै सम्मान र मर्यादित बनाउन सके खेलाडी सफल हुने शाहले बताउँछन् ।
महासंघको महिला समितिकी संयोजक लक्ष्मी पुनले यो प्रतियोगिताले स्वस्थ रहन मद्दत गर्ने संकलित रकम महिला पत्रकारकै हितमा लगानी हुने जानकारी दिइन्। उनले भनिन्, ‘कोष स्थापना गर्न सकियो भने, दुखमा परेका महिला पत्रकारलाई सहयोग गर्न सकिन्थ्यो ।’
त्यस्तै महासंघकी सदस्य जानुका बरालले महिला पत्रकारलाई उत्साहका साथ खेलमा उपस्थित हुन आग्रह गरेकी छन्।