चैत २४, काठमाडौं । सनराइज बैंक वीरगन्ज शाखा र लायन्स क्लब वीरगन्जद्वारा आ। एम केडिया आई अस्पतालको सहयोगमा वीरगन्जको परसौनीमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधारणलाई सहज स्वस्थ्य सुविधा दिने उद्देश्यका साथ गत चैत २१ गते उक्त शिविर आयोजना गरेको हो। शिविर सम्पन्न गर्न बैंकले लायन्स क्लब वीरगन्जलाई १ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।
शिविरमा २५० जनाको आँखा परीक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो। शिविरमा अस्पतालको ७ जना टोलीले सेवा प्रदान गरेका थिए। समस्या देखिएका १०० जनाको समेत निःशुल्क उपचार हुने अस्पतालले जनाएको छ।
बैंकले देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ।
चैत १० काठमाडौं । रसुवामा १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका...
माघ १४, काठमाडौं । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप...
माघ १०, काठमाडौं । उदयपुरको कटारी नगरपालिकाले विपन्न एकल महिलालाई निःशुल्क स्वास्थ्य बिमा...
माघ ९, काठमाडौं । महिलालाई बढीजसो लाग्ने रोगमध्ये पाठेघरको मुखको क्यान्सर रहेको तथ्यांक...
पुस २८, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट...
पुस २६, काठमाडौं। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई...
पुस २६, काठमाडौं । चिसोबाट बच्न बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित झप्टीमा सुत्ने...
पुस २,काठमाडौं । गत कात्तिक ५ मा केदारस्युँ गाउँपालिका–४ सैन्सुकी घाँस काट्ने क्रममा हरिना...
कार्तिक २१, काठमाडौं । गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया सुन्दरकला देवीलाई...