काठमाडौं । मुलुककै सवैभन्दा पुरानो वीर अस्पतालले आजदेखी नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको छ । सरकारको पूर्वघोषित निर्णयअनुसार वीर अस्पतालले आज सिन्धुपाल्चोककी रश्मिला श्रेष्ठको नि:शुल्क मिर्गौला प्रत्यारोपण गरी सेवा शुरु गरेको हो । २७ वर्षीया रश्मिलालाई उनकै दिदी लक्ष्मी श्रेष्ठले मिर्गौला प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए ।
अस्पतालले मिर्गौला प्रत्यारोपणसम्बन्धी निर्देशिका २०७४ अनुसार सो सेवा नि:शुल्क शुरु गरेको हो । निर्देशिकाअनुसार, एउटा बिरामीको मिर्गौला प्रत्यारोपण गर्दा स्वास्थ्य मन्त्रालयले अस्पताललाई चार लाख रुपैयाँ र बिरामीलाई डेढ लाख रुपैयाँ उपलब्ध गराउने छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट शुरु भएको सेवा अहिले मुलुकका बिभिन्न अस्पतालबाट उपलब्ध छ ।