Advertisement
Advertisement
Advertisement
Advertisement

भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीको ५७ करोडभन्दा बढी सहयोग

  |      13:34:00   |  
भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीको ५७ करोडभन्दा बढी सहयोग

असोज ५, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा तथा आधारभूत आवश्यकताका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा। शेष घले र उनकी पत्नी जमुना गुरुङले ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

घले दम्पतीको एमआईटी ग्रुप फाउन्डेसनले १८ वर्षमुनिका बाढी प्रभावित बालबालिकालाई लक्षित गर्दै उक्त सहयोग उपलब्ध गराउने भएको हो। यसका लागि फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्बीच समझदारीपत्र (एमओयू) समेत भएको छ।

समझदारीअनुसार प्रभावित बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गर्न आवश्यक सहयोग उपलब्ध गराइनेछ। बालबालिकाको अवस्थाका आधारमा शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य उपचारलगायत आधारभूत आवश्यकतामा सहयोग गरिने फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनले बाढीबाट प्रभावित बालबालिकाको संरक्षणसँगै उनीहरूको भविष्य सुनिश्चित गर्न दीर्घकालीन रूपमा सहयोग जारी राख्ने जनाएको छ। डा. घलेले कठिन अवस्थामा रहेका बालबालिकालाई अहिले मात्र नभई आगामी दिनमा पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement