Advertisement
Advertisement
Advertisement
Advertisement

रेस्मिका हत्या प्रकरणमा पक्राउ परेका तीनै जनाले पाए अदालतबाट सफाइ

  |      11:35:00   |  
web image
web image

असोज ६, काठमाडौं । खोटाङकी २६ वर्षीया रेस्मिका परियारको हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत खोटाङले सफाइ दिएको छ। जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले हेमन परियार, दीपक राई र दीपक श्रेष्ठलाई घटनामा दोषी नदेखिएको भन्दै सफाइ दिएको हो। उनीहरूलाई गत जेठ १२ गते पक्राउ गरिएको थियो।

रेस्मिका गत वर्ष भदौ ३० गते मृत अवस्थामा फेला परेकी थिइन्। स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत उनी पञ्चमी बजारस्थित कार्यालयबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा हत्या भएको प्रहरीले जनाएको थियो। घटनामा संलग्न आरोपमा १६ वर्षीय एक किशोरलाई यसअघि नै पक्राउ गरिएको थियो।

एक जना मात्रै व्यक्तिले घटना गराउन नसक्ने भन्दै रेस्मिकाका आफन्तले थप व्यक्तिको संलग्नता रहेको दाबी गर्दै उच्च अदालत ओखलढुंगामा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि उच्च अदालतको आदेशका आधारमा थप तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो।

तीनै जनाले अदालतबाट सफाइ पाएपछि रेस्मिकाका परिवार तथा आफन्तले अदालत परिसरमा विरोध जनाएका छन्। उनीहरूले दोषीलाई उन्मुक्ति दिइएको आरोप लगाउँदै अदालतको गेटमा नाराबाजीसमेत गरेका थिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement