असोज ५, काठमाडौं । भारतमा महिलाको रोजगारीमा सहभागिता बढाउनुभन्दा उनीहरूलाई कार्यक्षेत्रमा टिकाइराख्नु अझै चुनौतीपूर्ण देखिएको एक सर्वेक्षणले देखाएको छ। १ हजार ४ सय महिलामाथि गरिएको सर्वेक्षणमा घरायसी तथा हेरचाहसम्बन्धी जिम्मेवारीलाई महिलाले रोजगारी छाड्नुको प्रमुख कारणका रूपमा औँल्याइएको छ।
द्यचभबपतजचयगनज नामक गैरसरकारी संस्थाले आयोजना गरेको तीनदिने सम्मेलनका क्रममा गरिएको सर्वेक्षणमा विभिन्न उमेर, क्षेत्र र पेशाका महिलाको सहभागिता थियो। सर्वेक्षणमा सहभागी महिलाले काममा निरन्तरता दिन लचकदार कार्यसमय, सुरक्षित आवागमन, घरनजिकै रोजगारीका अवसर तथा सम्मानजनक कार्यस्थल आवश्यक रहेको बताएका छन्।
भारतको २०२५ को त्ष्mभ ग्कभ क्गचखभथ लाई उद्धृत गर्दै लेखमा महिलाले बालबालिका, वृद्धवृद्धा तथा बिरामीको हेरचाह र घरायसी काममा दैनिक सात घण्टाभन्दा बढी समय खर्च गर्ने उल्लेख छ। यो समय पुरुषको तुलनामा दोब्बरभन्दा बढी हो। यस्तो अवैतनिक हेरचाहको जिम्मेवारीले महिलालाई बाहिर गएर काम गर्न उपलब्ध समय सीमित गर्ने बताइएको छ।
सर्वेक्षणअनुसार ७७ प्रतिशत महिलाले रोजगारी छाडेको उल्लेख गरिएको छ। ३० वर्षभन्दा कम उमेरका महिलामध्ये ६६ प्रतिशतले परिवारका प्रतिबन्ध तथा सामाजिक अपेक्षालाई रोजगारी छाड्नुका प्रमुख कारणमध्ये राखेका छन्। ग्रामीण क्षेत्रमा पनि यस्तै सामाजिक दबाब उल्लेखनीय रहेको पाइएको छ।
युवा महिलाले भने करियर विकास, सीप अभिवृद्धि तथा आर्थिक स्वतन्त्रतालाई प्राथमिकतामा राखेका छन्। २० वर्षभन्दा कम उमेरका सहभागीमध्ये ६१ प्रतिशतले समान अवसर तथा पदोन्नति, ६७ प्रतिशतले सीप विकास र ५८ प्रतिशतले आर्थिक स्वतन्त्रता तथा निर्णय गर्ने अधिकारलाई महत्वपूर्ण मानेका छन्।
कार्यस्थलसम्म सुरक्षित आवागमन र सार्वजनिक स्थानको सुरक्षा पनि महिलाको रोजगारीसँग जोडिएको विषयका रूपमा देखिएको छ। ग्रामीण क्षेत्रका आधाभन्दा बढी महिलाले असुरक्षित आवागमन र सार्वजनिक स्थानलाई रोजगारीमा बाधक बताएका छन्। त्यस्तै, ५४ प्रतिशत सहभागीले औपचारिक सुविधाभन्दा पनि सम्मानजनक र उत्पीडनमुक्त कार्यस्थल संस्कृतिलाई बढी महत्वपूर्ण मानेका छन्।
सर्वेक्षणका निष्कर्षले महिलालाई रोजगारीमा ल्याउने मात्र नभई उनीहरूलाई लामो समयसम्म कार्यक्षेत्रमा टिकाउन घरायसी जिम्मेवारी, कार्यस्थलको वातावरण, सुरक्षा, यातायात, पूर्वाधार र सामाजिक मान्यतामा समेत परिवर्तन आवश्यक रहेको देखाएको छ।